logo

पर्सा ३ को गादीमाईमा एमालेको शक्ति प्रर्दशनको भब्य तयारी,उपमहासचिव भट्टराईले सम्बोधन गर्ने,एमाले बिरुद्धको भ्रम चिरिने

 इसीमाना सम्बाददाता     २०८२ माघ २१ गते ०६: २७ मा प्रकाशित     274   पटक पढिएको

वीरगंज । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा (एमाले) ले आफ्नो संगठनात्मक गतिविधि उल्लेख्य रूपमा तीव्र बनाएको  छ।

 

फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै पार्टीले आगामी शनिबार पटेर्वा सुगौली गाउँपालिकास्थित श्री गादीमाई मन्दिर परिसरमा बृहत कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गर्ने भएको छ।

 

स्थानीय तहमा बढ्दो राजनीतिक प्रतिस्पर्धा र विपक्षी दलहरूको सक्रियताबीच एमालेले उक्त कार्यक्रमलाई रणनीतिक महत्त्वको रूपमा हेरेको पार्टी स्रोतले जनाएको छ।

 

 पछिल्लो समय पर्सा–३ मा मतदाताबीच देखिएको अनिश्चितता र भ्रम चिर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको नेकपा एमाले पर्सा जिल्ला कमिटीका सदस्य हरि नारायण चौधरीले जनाएका छन ।

 

कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटीका उपमहासचिव तथा पूर्वमन्त्री योगेश भट्टराई प्रमुख अतिथिका रूपमा सहभागी हुने तय भएको छ।

 

भट्टराई एमाले पर्सा–३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रुपेश पाण्डेको चुनावी अभियानलाई सशक्त बनाउन गादी आउन लागेको बुझिएको छ।

 

एमाले पर्सा जिल्ला नेतृत्वका अनुसार यो कार्यक्रम पार्टीको नियमित गतिविधि मात्र नभई चुनावी अभियानको ‘टर्निङ प्वाइन्ट’ का रूपमा लिइएको छ। संगठन सुदृढीकरण, कार्यकर्ताबीच समन्वय अभिवृद्धि र चुनावी रणनीतिलाई पुनः सक्रिय बनाउने मुख्य एजेन्डा रहने बताइएको छ।

 

कार्यक्रममा घरदैलो अभियानलाई अझ प्रभावकारी र आक्रामक बनाउने योजना, विपक्षी दलहरूले फैलाएको भ्रम र नकारात्मक प्रचारको प्रतिवाद, तथा स्थानीय मुद्दालाई केन्द्रमा राखेर मतदाता समक्ष पुग्ने रणनीतिबारे गहन छलफल हुने पटेर्वा सुगौली गाउँपालिकाका पूर्व अध्यक्ष सेमत रहेका नेता चौधरीले जानकारी दिए ।

 

भेला मार्फत मुलुकको राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि एमालेको जित आवश्यक रहेको सन्देश दिइने उनले बताए ।

 

साथै पर्सा–३ लाई पार्टीको बलियो आधार क्षेत्रका रूपमा स्थापित गर्न कार्यकर्तालाई स्पष्ट कार्यदिशा र चुनावी रोडम्याप प्रस्तुत गर्ने तयारी समेत गरिएको छ।

 

कार्यक्रममा केन्द्र, प्रदेश, जिल्ला तथा स्थानीय तहका नेता–कार्यकर्ता, जनप्रतिनिधि र संगठनका जिम्मेवार व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहने चौधरीले बताए।

 

एमाले नेताहरूले सामूहिक उपस्थिति र कार्यकर्ताको उत्साहले पर्सा–३ को चुनावी माहोल थप तातिने विश्वास व्यक्त गरेका छन्।

 उक्त कार्यक्रमलाई आगामी निर्वाचनका लागि नेकपा एमालेले आफ्नो शक्ति प्रदर्शन, आन्तरिक एकता र संगठित संघर्षको औपचारिक घोषणा स्वरूप अघि सारेको रूपमा एमालेले प्रस्तुत गर्ने तयारी गरेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.