logo

पर्सा २ मा रिमा यादवको घरदैलो अभियान तीव्र, जेन–जी उम्मेदवारीले स्थानीय राजनीति तताउँदै

 इसीमाना सम्वाददाता     २०८२ माघ २१ गते ०८: ०८ मा प्रकाशित     329   पटक पढिएको

वीरगंज । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा नेकपा (एमाले) की उम्मेदवार रिमा यादवले घरदैलो तथा मतदाता भेटघाट अभियानलाई निरन्तरता दिएकी छन्।

 

युवा पुस्ताबाट प्रतिनिधित्व गर्ने उम्मेदवारको रूपमा देखिएकी यादवको अभियानमा स्थानीयस्तरमा उल्लेखनीय चहलपहल देखिएको छ।

 

बुधबार पर्सागढी नगरपालिका वडा नम्बर–९ को एकटांगा क्षेत्रमा सम्पन्न घरदैलो कार्यक्रममा यादवले मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो राजनीतिक दृष्टिकोण र प्राथमिकताबारे जानकारी गराइन्।

 

आगामी निर्वाचनमा सूर्य चिह्नमा मतदान गर्न आग्रह गर्दै उनले युवाको सहभागिताबिना समृद्धि सम्भव नरहेको धारणा राखिन्। उनले पर्साको क्षेत्र नं २ को पर्सागढीलाई पर्यटककालागि गन्तब्य केन्द्र बनाउन आफनो योजना सुनाईन ।

 

डकैलामा रहेको तिलावे ड्यामलाई पनि पर्यटकी केन्द्र बनाउन सकिने र त्यसकोलागि अध्ययन गरिने बताइन । बिन्दवासीनी मन्दीर कोइलाभार र आमोदेवीलाई धार्मिक पर्यटकीय केन्द्र बनाउन सकिने बताइन । 

 

स्थानीय मतदाताहरूले पछिल्लो समय राजनीतिमा नयाँ अनुहार र नयाँ सोचको खोजी भइरहेको अवस्थामा एमालेले युवा तथा जेन–जी पृष्ठभूमिकी उम्मेदवार अघि सारेको भन्दै चासो र समर्थन उनले पाउदै आएकी छिन। उनले आफूले किसान ,महिला, वालवालिका ,जेष्ठ नागरिकको हितकालागि  काम गर्ने सुनाइन । 

 

यादवले पूर्वाधार विकास, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवाको पहुँच विस्तारलाई आफ्नो मुख्य एजेन्डा बनाएको बताइन्। उनका अनुसार पर्सा २ मा विकासका धेरै सम्भावना भए पनि योजनाबद्ध पहलको अभावले अपेक्षित प्रगति हुन सकेको छैन, जसलाई सम्बोधन गर्न आफू संसदमा पुग्न चाहेको उनले स्पष्ट पारिन्।

 

घरदैलो कार्यक्रममा पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठक, एमाले नेतृ सिता लामा सहित पार्टीका नेता–कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.