logo

रौतहटमा रास्वपाको  गाडीको ठक्करबाट चार वर्षीया बालिकाको ज्यान गयो

 इसीमाना सम्वाददाता     २०८२ माघ २२ गते ०५: ०१ मा प्रकाशित     293   पटक पढिएको

गौर ।  रौतहट जिल्लामा चुनावी प्रचारसँग जोडिएको सवारी दुर्घटनामा चार वर्षीया बालिकाको मृत्यु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको प्रचार स्टीकर टाँसिएको गाडीको ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा ज्यान गएको हो।

 

दुर्घटना ईशनाथ नगरपालिकामा भएको प्रहरीले जनाएको छ। स्थानीय सागिर मोहम्मदकी छोरी ४ वर्षिय अल्फा खातुन बाटोमा खेलिरहेको अवस्थामा बा १५ च ४२४४ नम्बरको गाडीले ठक्कर दिएको बताइएको छ। घटनापछि उनलाई तत्काल अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

 

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार उक्त गाडीमा रास्वपा क्षेत्र नम्बर–२ का उम्मेदवार सेख सागिरको नाम र स्टीकर टाँसिएको थियो। यद्यपि दुर्घटनाका बेला उम्मेदवार स्वयं गाडीमा सवार नरहेको प्रहरी प्रवक्ता डिएसपी विष्णुप्रदीप बस्यालले जानकारी दिए ।

 

प्रहरीले दुर्घटनामा संलग्न सवारी साधन नियन्त्रणमा लिइसकेको छ भने चालकको पहिचान र खोजी कार्य जारी रहेको जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

 

बालिकाको दुःखद निधनपछि स्थानीय बस्ती शोकाकुल बनेको छ। यस घटनाले चुनावी अभियानका क्रममा प्रयोग हुने सवारी साधनको सुरक्षा, गति र लापरवाहीबारे गम्भीर बहस र प्रश्न उठाएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.