logo

वीरगन्ज २ मा पार्टी प्रवेश कार्यक्रम,पूर्व वडाध्यक्ष शेख अब्बास एमालेमा आवद्ध

 इसीमाना सम्वाददाता     २०८२ माघ २५ गते ०३: १९ मा प्रकाशित     195   पटक पढिएको

वीरगन्ज ।  वीरगन्ज महानगरपालिका वडा नम्बर २ का पूर्व वडाध्यक्ष शेख अब्बास नेकपा एमालेमा समाहित भएका छन्। २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित अब्बास हालसम्म जसपा नेपालमा सक्रिय थिए। उनले उक्त पार्टी परित्याग गर्दै एमाले रोजेका हुन्।

 

आइतबार बिहान वीरगन्ज–२ अन्तर्गत छपकैयामा आयोजित कार्यक्रममा एमालेले औपचारिक रूपमा अब्बाससहितका नवप्रवेशीलाई पार्टीमा स्वागत गरेको थियो। कार्यक्रममा पर्सा निर्वाचन क्षेत्र नं. २ का एमाले उम्मेदवार तथा पूर्वमन्त्री प्रदीप यादवले उनीहरूलाई पार्टीमा आबद्ध गराएका थिए।

 

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार यादवले आफू सधैं जनताको समस्या र संकटका बेला अग्रपंक्तिमा रहेको दाबी गरे। उनले चुनावी समयमा मात्रै देखिने नेताहरूप्रति संकेत गर्दै भने, “आज भोट माग्न धेरै अनुहार बदलेर जनता माझ आइरहेका छन्।

 

तर खानेपानीको समस्या हुँदा वा हैजाको महामारी फैलिँदा उनीहरू कहाँ थिए ? उनले प्रतिप्रश्न गर्दै भने “ त्यतिबेला जनताको बीचमा प्रदीप यादव नै उपस्थित थियो।”

 

यादवले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने कि विकास र सुरक्षातर्फ लैजाने भन्ने निर्णय अब जनताकै हातमा रहेको उल्लेख गर्दै जिम्मेवार र राष्ट्रनिर्माणमा लाग्ने प्रतिनिधिलाई छान्न आग्रह गरे।

 

पार्टी प्रवेश कार्यक्रममा एमाले  पर्सा जिल्ला सचिव महेस दास, क्षेत्रीय संयोजक मानदेव हजरा, नेता सुन्दर कुर्मीलगायतको उपस्थिति रहेको थियो।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.