logo

मकवापुरका पहाडीद्वारा रास्वपा परित्याग  , सामाजिक सञ्जाल स्टेटमेन्टले तात्यो राजनीति, कपिलबस्तुमा भट्टराई पक्राउ परे

 इसीमाना सम्वाददाता     २०८२ माघ २९ गते ०३: ५८ मा प्रकाशित     144   पटक पढिएको

वीरगंज । एक वर्ष अगाडि रास्वपाको सदस्यता लिएकामा मकवानपुरका युवा नवराज पहाडीले अन्तत पार्टी परित्याग गरेर “भूतपूर्व घण्टे” बनेका छन । उनले  राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गर्दै “पार्टीभन्दा देश ठूलो हो” भन्ने सार्वजनीक घोषणा गरेका छन । 

 

उनले आफ्नै हस्तलिखित स्टेटमेन्ट सार्वजनिक गर्दै अब आफू कुनै राजनीतिक दलसँग आबद्ध नरहने स्पष्ट पारेका छन्।

 

उक्त स्टेटमेन्टमा पहाडीले करिब एक वर्षअघि रास्वपाको सदस्यता लिएको स्मरण गर्दै पार्टी र नेपाली जनताको सेवामा योगदान गर्ने उद्देश्य राखेको बताएका छन्।

 

तर पछिल्लो समय पार्टीभित्र देखिएको अवस्था, कार्यशैली र विचारसँग आफू सन्तुष्ट हुन नसकेको संकेत गर्दै उनले अलग हुने निर्णय गरेको जनाएका छन्।  उनले नयाँ भनिएको पार्टीले बिदेशीको दलाली गरेको टिकट बितरणमा पैसा लिएर टिकट बितरण गरेको मुलुक निर्माण गर्ने कुनै योजना र भिजन नभएको पुराना दललाई गाली गरेर हिडने समाज भंडुवा गर्नेहरुको भिड भएकोले आफूले पार्टीबाट अलग भएको घोषणा गरेको बताएका छन । 


उनले आफ्नो वक्तव्यमा लेखेका छन् कि देश, समाज, भाषा, साहित्य र संविधानको रक्षाका लागि स्वतन्त्र भएर काम गर्नु नै अहिलेको आवश्यकता भएको निष्कर्षमा पुगेको बताए। “पार्टीभन्दा देश ठूलो हो,” भन्ने आशय व्यक्त गर्दै उनले अब स्वतन्त्र रूपमा सामाजिक तथा वैचारिक गतिविधिमा सक्रिय रहने उल्लेख गरेका छन्।

 

पहाडीको यो घोषणापछि स्थानीय राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया देखिन थालेका छन्। कतिपयले यसलाई व्यक्तिगत वैचारिक निर्णयका रूपमा लिएका छन् भने केहीले यसलाई पार्टीभित्रको असन्तुष्टिको संकेतका रूपमा व्याख्या गरेका छन्।

 

रास्वपाका स्थानीय नेताहरूले भने यस विषयमा औपचारिक प्रतिक्रिया दिइसकेका छैनन्। उता कपिलवस्तु जिल्ला रास्वपाका संगठन प्रमुख  रिखीराम  भट्टराई पक्राउ परेका छन्।

 

प्रहरीका अनुसार बाणगंगा नगरपालिका–८, धनेषपुर निवासी रिखीराम भट्टराईले गत माघ २६ गते सामाजिक सञ्जाल फेसबुकमा अनुसन्धान सम्बन्धी बैंक कागजात सार्वजनिक गरेका थिए। उजुरी परेपछि उनलाई मंगलबार नियन्त्रणमा लिइएको हो।

 

प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले भट्टराईमाथि सामाजिक सञ्जालमार्फत घृणा फैलाउने र गोपनीयता उल्लङ्घन गरेको आरोप लागेको बताउँदै विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.