logo

वीरगञ्ज–१४ मा अनिल रुङ्टाको घरदैलोमा जेन–जीको उत्साह, विकास र पारदर्शितामा जोड

 इसीमाना सम्वाददाता     २०८२ फागुन १ गते ०५: ०० मा प्रकाशित     192   पटक पढिएको

वीरगञ्ज ।  पर्सा क्षेत्र नं. १ अन्तर्गत वीरगञ्ज महानगरपालिका–१४ बहुअरीमा सम्पन्न घरदैलो कार्यक्रममा जेन–जी युवाहरूको उत्साहजनक सहभागिता देखिएको छ।

 

वडा नं. १४ का बुथ सभापतिको नेतृत्वमा आयोजित कार्यक्रममा युवा पुस्ताले परिवर्तन, पारदर्शिता र परिणाममुखी नेतृत्वप्रति समर्थन व्यक्त नेपाली कांग्रेसका युवा नेता दिलीप कार्कीले बताए।

 

कार्यक्रमका क्रममा युवाहरूले “अब कि बार गगन थापा सरकार”, “अनिल रुङ्टाको जिन्दावाद”, “अब कि बार १०० पार” लगायतका नारा लगाएका थिए।

 

 उनीहरूले राजनीति कामका आधारमा मूल्याङ्कन हुनुपर्ने धारणा राख्दै शिक्षा सुधार, प्रविधिमैत्री अवसर, रोजगारी सिर्जना, स्टार्टअप प्रवर्द्धन तथा दिगो पूर्वाधार विकासका लागि ठोस योजना आवश्यक रहेको बताएका छन्।

 

घरदैलोका क्रममा उम्मेदवार अनिल रुङ्टा ले मतदातासँग संवाद गर्दै पर्सा क्षेत्र नं. १ लाई समावेशी, आधुनिक र अवसरमूलक क्षेत्रका रूपमा विकास गर्ने दृष्टिकोण प्रस्तुत गरे।

 

उनले जनविश्वासलाई आफ्नो प्रमुख पूँजी भएको उल्लेख गर्दै पारदर्शी र जवाफदेही नेतृत्वमार्फत परिणाम दिने प्रतिबद्धता जनाए। उनले बिकासकोलागि सदभाव शान्ति र समझदारीपूर्ण पहलकदमी भएको बताए । 

 

रुङ्टाले शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार, युवालाई स्वदेशमै अवसर, आधुनिक पूर्वाधार र सामाजिक सद्भाव सुदृढीकरण आफ्नो प्राथमिकता रहेको बताए।

 

कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, पूर्व सभापति अजय द्विवेदी, नेपाल महिला संघ पर्साकी किरण शर्मा, क्षेत्रीय सभापति अरबिन्द गुप्ता, उपसभापति अनिल सिंह, सचिव हरि यादव लगायत नेता–कार्यकर्ता तथा स्थानीय अगुवाहरूको उपस्थिति रहेको थियो।

 

जेन–जी युवाहरूले विकास र विश्वासको आधारमा मतदान गर्न आह्वान गरेका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.