logo

लायन्स इन्टरनेशनल लिडरसिप एवार्डबाट लायन प्रकाश बाहेती सम्मानित

 इसीमाना सम्वाददाता     २०८२ फागुन ७ गते १२: ५९ मा प्रकाशित     141   पटक पढिएको

वीरगञ्ज । लायन्स इन्टरनेशनलको प्रतिष्ठित इन्टरनेशनल लिडरसिप एवार्ड यस वर्ष लायन्स क्लब अफ वीरगञ्जका पूर्व अध्यक्ष एवं लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका डिष्ट्रिक्ट एक्ज्यूकेटिभ चिफ लायन प्रकाश बाहेतीलाई प्रदान गरिएको छ ।

 

विश्वभरका उत्कृष्ट लायन्स लिडरहरूलाई दिइने यो एवार्ड नेतृत्व क्षमता, सामाजिक प्रतिबद्धता तथा समुदायमा पुर्‍याएको सेवाका आधारमा प्रदान गरिन्छ ।

 


लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसको हेटौंडामा आयोजित तेस्रो डिष्ट्रिक्ट क्याबिनेट मिटिङ्ग एवं एवार्ड वितरण समारोहमा बाहेतीलाई उक्त एवार्ड प्रदान गरिएको हो ।


कार्यक्रमका विशिष्ट अतिथि लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका संस्थापक डिष्ट्रिक्ट गभर्नर लायन अमर बहादुर श्रेष्ठले बाहेतीलाई इन्टरनेशनल लिडरसिप एवार्ड प्रदान गर्दै बाहेतीको निरन्तर सेवा भावना, दिगो नेतृत्व तथा सामाजिक कल्याणमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गरेका थिए ।

 

त्यसैगरी लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका डिष्ट्रिक्ट गभर्नर लायन बिनय बस्नेतले बाहेतीको नेतृत्व शैली, सहयोगी स्वभाव र युवा सदस्यहरूलाई प्रेरित गर्ने क्षमताकै कारण उनलाई अन्तर्राष्ट्रिय स्तरको उच्च सम्मान प्राप्त भएको बताउँदै शुभकामना व्यक्त गरेका थिए ।


लायन प्रकाश बाहेती लामो समयदेखि स्वास्थ्य, शिक्षा, दृष्टि संरक्षण, रक्तदान, दैवी विपद् राहत तथा सामुदायिक सशक्तीकरणका क्षेत्रमा सक्रिय रूपमा क्रियाशील रहेका छन् ।

 

उनले सञ्चालन गरेका विभिन्न परियोजनाहरूले स्थानीय समुदायमा प्रत्यक्ष प्रभाव पारेको र लायन्स क्लबका सदस्यहरूलाई सेवा कार्यमा अझ सक्रिय बनाएको बताइएको छ ।

 

एवार्ड ग्रहण गर्दै बाहेतीले आफूलाई प्रदान गरिएको यो अन्तर्राष्ट्रिय सम्मान सम्पूर्ण लायन्स परिवारको साझा उपलब्धि भएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए । उनले भने, “यो सम्मानले जिम्मेवारी अझ थपिएको छ ।”

 


उनलाई लायन्स इन्टरनेशनल प्रेसिडेन्ट पिन, डिष्ट्रिक्ट गभर्नर प्रशंसा पदक र डिसेम्बर महिनाको लायन अफ द मन्थ एवार्डबाट समेत सम्मानित गरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.