logo

रास्वपामा दिनहुँ पारदर्शीताको सवाल उठदै,बागमतीका उपाध्यक्ष हुमागाईले पनि दिए राजीनामा

 इसीमाना सम्वाददाता     २०८२ फागुन ७ गते ०१: ३८ मा प्रकाशित     99   पटक पढिएको

 काठमाडौं ।  निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक विवाद थप सतहमा आएको छ ।

 

बागमती प्रदेशका उपसभापति रहेका दिनेश हुमागाईँले उम्मेदवार छनोट प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन् ।


बागमती प्रदेश स्तरमा संगठन निर्माणमा सक्रिय भूमिका खेलेका हुमागाईँले नेतृत्वले पारदर्शिता र आन्तरिक लोकतान्त्रिक अभ्यासलाई बेवास्ता गरेको आरोप लगाएका छन् ।


 उनका अनुसार उम्मेदवार चयनमा आर्थिक प्रभाव र पहुँचका आधारमा निर्णय भएको छ, जसले पार्टीको मूल उद्देश्य र आदर्शलाई कमजोर बनाएको छ ।

 

०७९ को निर्वाचनमा काभ्रे–२ बाट उल्लेख्य मत ल्याएका उनले लामो समयदेखि पार्टीमा क्रियाशील कार्यकर्ताहरूलाई पछाडि पारिएको गुनासो गरेका छन् । 


उनले सार्वजनिक गरेको सात बुँदे पत्रमा सदस्यता वितरणदेखि आर्थिक व्यवस्थापनसम्म अपारदर्शिता रहेको दाबी गरिएको छ ।

 

 साथै, सामाजिक सञ्जालमा सक्रियता र नेतृत्वसँग निकटता भएका व्यक्तिहरूलाई प्राथमिकता दिइएको उल्लेख गर्दै उनले यस्तो प्रवृत्तिले संस्थागत राजनीति कमजोर हुने चेतावनी दिएका छन् ।

 

यसअघि पनि पार्टीभित्र असन्तुष्टि बढ्दै गएको संकेत देखिएको थियो । मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्मा र नेतृ खेम कुमारी (उर्मिला) भुर्तेलले समेत नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाउँदै पार्टीबाट अलग भएका थिए ।

 

 मधेश प्रदेश मा देखिएको असन्तुष्टिको लहर बागमतीसम्म फैलिनुले पार्टीको प्रादेशिक संरचनामा दबाब बढेको विश्लेषण गरिएको छ ।


निर्वाचन प्रचार तीव्र बन्दै जाँदा जिम्मेवार पदमा रहेका नेताहरूको बहिर्गमनले रास्वपाको संगठनात्मक स्थिरता र सार्वजनिक छविमाथि प्रभाव पार्ने देखिन्छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.