logo

सुशासन, पूर्वाधार र पर्यटन विकास एमाले पर्सा १ को प्राथमिकताः उम्मेदवार यादव

 इसीमाना सम्वाददाता     २०८२ फागुन ७ गते ०८: ११ मा प्रकाशित     138   पटक पढिएको

वीरगञ्ज, । चुनावी सरगर्मी बढ्दै जाँदा वीरगञ्ज महानगरपालिका–१४ मा युवाहरूले नेकपा एमालेलाई रोजेका  छन ।  


 स्थानीय युवा नेता ओमप्रकाश पटेलको नेतृत्वमा विभिन्न राजनीतिक दलमा आबद्ध दर्जनौँ युवाहरूले औपचारिक रूपमा पार्टी परित्याग गर्दै नेपाल कम्युनिस्ट पार्टी(एमाले) प्रवेश गरेका छन्।

 

बिहिवार आयोजित एक कार्यक्रममार्फत नवप्रवेशीहरूलाई  पर्सा क्षेत्र नं १ का नेकपा एमालेका उम्मेदवार प्रदीय यादवले टिका र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।  

 

कार्यक्रममा स्थानीय एमाले नेतृत्व, वडा स्तरीय कार्यकर्ता र समर्थकहरूको उल्लेख्य उपस्थिति देखिएको स्रोतले जनाएको छ।

 

एमालेमा प्रवेश गरेका युवा नेता पटेलले युवाको आवाजलाई संस्थागत गर्न सक्ने राजनीतिक मञ्चको खोजी गरिरहेका बेला एमालेमा प्रवेश गरेको जनाए।

 

स्थानीय विकास, रोजगारी, शिक्षामा सुधार र पारदर्शिताको पक्षमा प्रभावकारी भूमिका खेल्न सक्ने आधार एमालेभित्र देखेर आफूहरु एमालेमा समाहितएको पटेलको भनाई छ ।

 

उनले वीरगञ्ज–१४ मा युवाको सक्रिय सहभागिता बढाउँदै विकास–केन्द्रित अभियान सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।


एमालेका स्थानीय नेताहरूले युवाहरूको प्रवेशलाई “सकारात्मक ऊर्जा” का रूपमा व्याख्या गर्दै संगठन सुदृढीकरणमा बल पुग्ने बताएका छन। उनीहरूका अनुसार वीरगंजमा युवाहरूको आकर्षण बढ्नु पार्टीका लागि रणनीतिक रूपमा महत्वपूर्ण उपलब्धि हो।

 

राजनीतिक विश्लेषकहरू भन्छन्, स्थानीय तहमा हुने यस्ता सामूहिक प्रवेशले आगामी निर्वाचनमा मतदाताको मनोविज्ञान र संगठनात्मक शक्ति सन्तुलनमा प्रभाव पार्न सक्छ।

 

युवा नेताहरुलाई पार्टीमा स्वागत गर्दै उम्मेदवार यादवले सुशासन, पूर्वाधार र पर्यटन विकास एमाले पर्सा १ को प्राथमिकता रहेको बताएका छन ।

 

उनले एमालेले मुलुकको स्वाधीनता, सार्वभौमिकता र संविधानको संरक्षण गर्दै जनताको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय संकल्पलाई कार्यान्वयन गर्ने बताए  ।

 

पूर्वमन्त्री समेत रहेका नेता यादवले  सडक सञ्जाल विस्तार, खानेपानी, विद्युत, दूरसञ्चार, ढल निकास तथा फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखिएको बताए । 

 

एमालेले प्रशासनिक सुधार, पारदर्शिता र जनमैत्री सेवा प्रवाह सुनिश्चित गर्ने, भूमिहीन र सुकुम्बासीको समस्या समाधान गर्ने तथा सरकारी सेवामा सुशासन कायम गर्ने गरि काम गर्ने उनले बताए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.