logo

जनताको सुख र दुःखमा सहभागी हुने यही माटोको मान्छेलाई चुन्ने बिषेशता र परम्परालाई क्षेत्र नं १ ले कायम राख्छः एमाले उम्मेदवार यादव

 इसीमाना सम्वाददाता     २०८२ फागुन ८ गते ०१: ३० मा प्रकाशित     117   पटक पढिएको

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पर्सा क्षेत्र नम्बर–१ अन्तर्गत वीरगंज महानगरपालिका वडा नम्बर–२३ प्रसौनी बिर्तामा चुनावी भेला तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ। 

 

चुनावी भेलालाई सम्बोधन गर्दै  उम्मेदवार प्रदीप यादवले मधेश आन्दोलनको उपलब्धीको रक्षाको बिषय संबिधानको रक्षासंग जोडिएको बताएका छन ।

 

 मधेश आन्दोलनदेखि हालसम्मको आफ्नो राजनीतिक यात्राको स्मरण गर्दै उनले नेकपा एमालेले मात्र मुलकमा आज सम्म भएका राजनीति क आन्दोलन र त्यसबाट प्राप्त उपलब्धीको राक्षा गर्न सक्ने सामथ्र्य राख्ने भएकोले आफू त्यही उपलब्धीको रक्षा र संरक्षणकोलागि एमालेमा प्रवेश गरेको बताए ।

 

उनले जनताको पक्षमा निरन्तर उभिने प्रतिबद्धता व्यक्त गर्दै काम गर्ने, जनताको सेवामा समर्पित र सक्षम उम्मेदवारलाई मत दिन आग्रह गरे। उनले पर्साका क्षेत्र नं १ का जनताको सुख र दुःखमा सहभागी हुने यही माटोको मान्छेलाई चुन्ने बिशेषता  रहेको बताउदै जनताले त्यो बिषेशता र परम्परालाई कायम राख्ने बिश्वास ब्यक्त गरे । 


यादवले क्षेत्र नम्बर–१ मा केही ‘बहुरूपिया’ तत्वहरूले बिचौलियामार्फत जनतालाई भ्रमित पार्ने प्रयास गरिरहेको आरोपसमेत लगाए। उनले फागुन २१ गते हुने निर्वाचनमार्फत यस्ता तत्वहरूलाई परास्त गर्नुपर्ने बताउँदै यस निर्वाचनलाई देश निर्माण गर्ने र देशलाई कमजोर पार्ने शक्तिबीचको प्रतिस्पर्धाका रूपमा चित्रण गरे।


कार्यक्रममा समानुपातिक उम्मेदवार विचारी यादवले देशको विगत र वर्तमान राजनीतिक अवस्थाबारे चर्चा गर्दै राजनीतिक अस्थिरताको अन्त्य र  स्थायित्वका लागि एमाले नेतृत्व अपरिहार्य रहेको धारणा व्यक्त गरे।

 

 उनले प्रसौनी बिर्ताबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादव को पक्षमा ९० प्रतिशतभन्दा बढी मत खस्ने दाबी गर्दै वडा नम्बर–२३ लाई एमालेको ‘लालकिला’ भएको उल्लेख गरे। राष्ट्रियताको रक्षा र संविधानको संरक्षणका लागि एकताबद्ध भई प्रदीप यादवलाई भारी मतले विजयी गराउन उनले आह्वान गरे।

May be an image of one or more people


कार्यक्रमकै अवसरमा विभिन्न दल परित्याग गरी जमुना यादवको नेतृत्वमा दर्जनौँ स्थानीय नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन्। प्रवेश गर्नेहरूमा सलिम मियाँ, कृष्णा यादव, कृष्णा कुशवाहा, सलामोदिन अन्सारी, कमरु अन्सारी र कवल दासलगायत रहेका छन्।

 

नवप्रवेशीहरूलाई प्रमुख अतिथि प्रभु हजरा, समानुपातिक उम्मेदवार विचारी यादव तथा उम्मेदवार प्रदीप यादवले गम्छा र फूलमालाले स्वागत गरेका थिए।

May be an image of temple and text that says '南 DS शुभ'

वडा कमिटी सचिव राकेश साहले सहजीकरण गरेको कार्यक्रममा केन्द्रीय कमिटी सदस्य प्रभू हजरा ,क्षेत्रीय समन्वय कमिटी अध्यक्ष मानदेव हजरा, वडा अध्यक्ष अवधकिशोर कुशवाहा लगायतले मन्तव्य व्यक्त गरेका थिए। इकाई कमिटी अध्यक्ष लालबाबु यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले नेता जलन्धर पटेल, जयराम साह, जगरनाथ महतो, मनोज यादवसहित स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.