logo

अठराहा सुगौलीमा रास्वपाको घरदैलो , जनताको सेवा समर्पित भएर काम गर्ने कानुको प्रतिबद्धता

 इसीमाना सम्वाददाता     २०८२ फागुन ८ गते ०२: २४ मा प्रकाशित     156   पटक पढिएको

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर–२६ को अठराहा सुगौली टोलमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानुले  घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

 

कार्यक्रममा युवादेखि ज्येष्ठ नागरिकसम्मको  उपस्थिति देखिएको थियो।

 

घरदैलोका क्रममा स्थानीय बासिन्दाले कानुलाई अबिर र गम्छा लगाएर स्वागत गरेका थिए। विभिन्न टोलमा पुगेर उनले मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो चुनावी एजेन्डा प्रस्तुत गरेका थिए।

 

 रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा र आधारभूत पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता उनले दोहोर्‍याए।

 

कानुले विगतमा निर्वाचित प्रतिनिधिहरूबाट अपेक्षित विकास हुन नसकेको उल्लेख गर्दै अब परिवर्तनको आवश्यकता औंल्याए।

 

 

 “जनताको जीवनस्तर उकास्न ठोस योजना र इमानदार कार्यशैली आवश्यक छ,” उनले भने, “म पाँच वर्षसम्म जनताको सेवामा समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्छु।”

 

उनले विशेषगरी युवाहरूका लागि सीपमूलक तालिम र रोजगारीका अवसर विस्तार गर्ने, मुस्लिम महिला तथा पछाडि परेका समुदायलाई सशक्त बनाउने कार्यक्रम ल्याउने योजना सार्वजनिक गरे। स्थानीय सरोकारका विषय संसद्मा प्रभावकारी रूपमा उठाउने दाबीसमेत उनले गरे।

 

कार्यक्रममा सहभागी स्थानीयहरूले ‘परिवर्तनका लागि घण्टीमा मत’ भन्ने नारासहित समर्थन जनाएका थिए। अठराहा सुगौलीमा देखिएको सहभागिता र उत्साहलाई रास्वपाले पर्सा–२ मा बढ्दो जनसमर्थनको संकेतका रूपमा लिएको उम्मेदवार साहले बताए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.