logo

जनताको घरदैलोमा सधैं उपस्थित रहने उम्मेदवारलाई नै रोज्नुपर्छः एमाले उम्मेदवार यादव

 इसीमाना सम्बाददाता     २०८२ फागुन १३ गते ०५: १५ मा प्रकाशित     213   पटक पढिएको

वीरगंज ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले बुधबार बिहान वीरगञ्ज महानगरपालिका–२२ जगरनाथपुरमा घरदैलो कार्यक्रम गरेका छन्।

 

घरदैलोका क्रममा स्थानीय समर्थक तथा मतदाताले यादवलाई अबीर–टिका र गम्छा लगाएर स्वागत गरेका थिए। स्वागतपछि उम्मेदवार यादव मतदातासँगै टोल–टोलमा पुगेर घरदैलोमा सहभागी भएका थिए। यस क्रममा समर्थकहरूले उनको पक्षमा नाराबाजी समेत गरेका थिए।

 

मतदातासँग संवाद गर्दै पूर्वमन्त्रीसमेत रहेका यादवले विगतका दुई संसदीय कार्यकालमा आफूले गरेको विकासकार्यको मूल्यांकनका आधारमा मतदान गर्न आग्रह गरे।

 

उनले क्षेत्रको पूर्वाधार विकासलाई आफ्नो मुख्य उपलब्धि भन्दै सडक, विद्यालय, विवाह भवन, खेलमैदान, मसान घाट, मन्दिर तथा मस्जिदको स्तरोन्नतिलाई उदाहरणका रूपमा प्रस्तुत गरे।

 

“१० वर्षअघि पर्सा–१ को अवस्था के थियो र अहिले के छ भन्ने कुरा जनताले आफैं मूल्यांकन गर्न सक्छन्,” उनले भने, “मैले निर्वाचित भएपछि देखिने गरी विकासका काम अघि बढाएको छु।”

 

यादवले आफू क्षेत्रको हरेक टोल, समस्या र आवश्यकताबारे जानकार रहेको दाबी गर्दै अन्य उम्मेदवारहरू चुनावी मौसममा मात्र सक्रिय हुने आरोप लगाए। “जनताको घरदैलोमा सधैं उपस्थित रहने उम्मेदवारलाई नै रोज्नुपर्छ,” उनले भने।

 

उनले एमालेको राष्ट्रियता सुदृढ गर्ने, आर्थिक समृद्धि ल्याउने र समाजवाद उन्मुख विकासको नीति आफूले आत्मसात गरेको उल्लेख गर्दै गरिबी निवारण, रोजगारी सृजना तथा सांस्कृतिक संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

घरदैलो कार्यक्रममा स्थानीय बासिन्दा तथा पार्टी कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.