logo

बेल्वामा रुङटाको घरदैलो अभियान , विकास एजेन्डामा केन्द्रित संवाद

 इसीमाना सम्वाददाता     २०८२ फागुन १५ गते ०१: ५३ मा प्रकाशित     224   पटक पढिएको

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार अनिल रुङटाले वीरगञ्ज महानगरपालिका–३१ बेल्वामा शुक्रबार  घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

 

निर्वाचन अभियानलाई तीव्रता दिँदै उनी मतदाताको घरदैलोमै पुगेर प्रत्यक्ष संवादमा सक्रिय देखिए।

 

घरदैलोका क्रममा रुङटाले दीर्घकालीन विकास योजना, मुख्य तथा भित्री सडक स्तरोन्नति, शिक्षा–स्वास्थ्य सेवाको गुणस्तर सुधार, कृषि आधुनिकीकरण र युवाका लागि रोजगारी सिर्जनाका विषयमा विस्तृत छलफल गरे। 

 

पर्सालाई आर्थिक, शैक्षिक र सामाजिक हिसाबले नमूना क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गर्दै रुङटाले संघीय सरकारसँग प्रभावकारी समन्वय गरी आवश्यक बजेट सुनिश्चित गर्ने बताए।

 

स्थानीय बासिन्दाले सडक पूर्वाधार सुदृढीकरण, सिंचाइ सुविधा विस्तार, दिगो खानेपानी व्यवस्था, स्वास्थ्य चौकीको स्तरोन्नति तथा युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न ध्यान दिन आग्रह गरे।

 

कृषकका लागि मल–बीउ सहज उपलब्धता र साना उद्यम प्रवर्द्धनका कार्यक्रम ल्याउनुपर्ने सुझाव पनि दिएका थिए।

 

कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रकाश उपाध्याय , बसरुदिन अन्सारी  स्थानीय अगुवा, बुद्धिजीवी तथा पार्टी कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो। 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.