logo

रुकुम पूर्वबाट नेकपा सुप्रिमो प्रचण्ड, रास्वपाका दर्शना, खनाल र श्रेष्ठ काठमाण्डौबाट बिजयी

 इसीमाना सम्बाददाता     २०८२ फागुन २२ गते ०७: ११ मा प्रकाशित     161   पटक पढिएको

वीरगंज । रुकुम पूर्वबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। उनले आफ्ना प्रतिस्पर्धीहरूलाई भारी मतान्तरले पछि पार्दै जित हासिल गरेका हुन्।

 

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार, प्रचण्डले १० हजार २४० मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लिलामणि गौतम र नेपाली कांग्रेसकी कुसुम देवी थापाले समान ३ हजार ८१ मत प्राप्त गरेका छन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार लखन कुमार थापाले ८ स य१९ मत पाएका छन्।

 

यसपटक रुकुम पूर्वमा कुल १९ हजार १८८ मत खसेको थियो। यसैगरि  काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपा उम्मेदवार रञ्जु दर्शना विजयी घोषणा भएकी छन्।

 

मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले रास्वपा उम्मेदवार दर्शनालाई विजयी घोषणा गरेका हुन्।

 

रञ्जुले १५ हजार ४५५ मत प्राप्त गरेकी छन्। यहाँ कुल २९ हजार ७७४ मत खसेको थियो। प्रतिस्पर्धामा २९ जना उम्मेदवार थिए। यसैगरि काठमाडौं  क्षेत्र नं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शिशिर खनाल विजयी भएका छन् ।

 

खनालले २७ हजार ७१९ मत ल्याएर विजयी भएका निर्वाचन अधिकृत चपला पोखरेलले जानकारी दिए ।

 


कुल ३४ हजार ४७३ मत खसेको थियो । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले छ हजार ६४७ र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अमनकुमार मास्केले चार हजार ३७३ मत पाएका उनले बताए ।

 

यसैगरि काठमाडौं क्षेत्र नम्बर ८ मा रास्वपाका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन्। उनले २४ हजार ५ सय ९२ मत ल्याएका छन्।

 

 नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुमन सायमिले ३ हजार २ सय १७ मत प्राप्त गरेका छन्।

 

त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सपना राज भण्डारीले २ हजार ८ सय ३५ मत ल्याइन् भने नेकपा एमालेका राजेश शाक्यले एक हजार ९ सय ९ र राप्रपाका उम्मेदवार नवीन शाहीले १ हजार ९ सय ९ मत प्राप्त गरेका छन्। 

मनाङमा पनि नेपाली कांग्रेसले जितेको छ। कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङले २ हजार ४१५ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेकपाकी यशोदा सुवेदी गुरुङले ४५४ मत ल्याइन्।

 
 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.