logo

श्री मावि बिजयबस्तीमा नवनिर्वाचित साँसद शाक्य सम्मानीत

 इसीमाना सम्बाददाता     २०८२ फागुन २६ गते ०२: ०४ मा प्रकाशित     175   पटक पढिएको

वीरगंज । पर्साको क्षेत्र नं ४ बाट निर्वाचित प्रतिनिधि सभाका सद्यसइ टेकबहादुर शाक्यलाई श्री विजयबस्ती माध्यामिक विद्यालयले आज सम्मान गरेको छ। शाक्य त्यही स्कूलका पूर्व बिद्यार्थी हुन ।

 

विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा विद्यार्थीहरूले फूलको गुच्छा, माला तथा खादा लगाएर  सम्मान गरेका थिए । 


 शाक्यले श्री मावि विजयबस्ती विद्यालयमा कक्षा १ देखि अध्ययन गरी बि.स. २०४८ सालमा एसएलसी उत्तीर्ण गरेका हुन  । 

 


सम्मान कार्यक्रममा  शाक्यले  श्री मावि विजयबस्ती विद्यालयमा प्रवेश गर्दा आफूलाई बाल्यकालको स्मरण भएको बताए  ।

 

उनले  शैक्षिक गुणस्तर सुधारकालागि सबै मिलेर लाग्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । आफूले  विद्यालयमा अध्ययन गर्दा हलो जोत्दै विद्यालय जाने, डेस्क नभएकाले इट्टामाथि बसेर पढ्नुपरेको अनुभव विद्यार्थीहरूलाई सुनाए ।

 

 अहिले विद्यालयमा केही सुधार भए पनि २१औँ शताब्दीको आवश्यकता अनुसार अझै धेरै सुधार आवश्यक रहेको बताउँदै आगामी दिनमा सरकारले शिक्षा नीतिमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे । 

 


विद्यालयका प्रधानाध्यापक नारायण लामाले आफूले वि.सं.२०४६ सालमा टेकबहादुर शाक्यलाई पढाएको स्मरण गर्दै आज उनी देशकै साँसद जस्तो गौरवमय पदमा निर्वाचित भएको खबरले आफू सहित सम्पूर्ण विद्यालय परिवार हर्षित भएको बताए  ।

 

 कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने सहजीकरण शिक्षक फूर्वा लामाले गरेका थिए । कार्यक्रममा रास्वपा कार्यकर्ताहरूको पनि उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.