logo

हरिखेतानमा एक्कासी परिक्षा रद्ध, बिद्यार्थी आक्रोशित प्रशासन बिरुद्ध नारावाजी,प्रहरीद्वारा लाठीचार्ज

 इसीमाना सम्वाददाता     २०८२ चैत ८ गते ११: ०० मा प्रकाशित     170   पटक पढिएको

वीरगञ्ज ।   प्रहरीले ज्यादती गरेको विरोधमा हरिखेतान कलेजका विद्यार्थीहरूले वीरगञ्जको घण्टाघर चौकमा सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका छन्।  

 

क्याम्पस परिसरभित्रै प्रवेश  गरी प्रहरीले आफूहरूमाथि लाठी प्रहार गरेको आरोप लगाएका छन्।

क्याम्पस ड्रेसमा रहेका बिदार्थीमाथि पर्साका डिएसपीको नेतृत्वमा रहेको प्रहरी टोलीले लाठी चार्ज गरेको भन्दै बिद्यार्थीले डिएस्पी क्याम्पस प्रमुख र क्याम्पस ब्यवस्थापनसंग सम्बध ब्यक्तिहरुलाई कारवाही हुनु पर्ने माँग गरेका छन । 

May be an image of one or more people, crowd and text

हरिखेतान क्याम्पसमा आजदेखि सञ्चालन हुने भनिएको कक्षा १२ को टर्मिनल परीक्षा कलेज प्रशासनले अन्तिम समयमा आएर रद्द गरे पछि बिद्यार्थी बिरोधमा उत्रिएका थिए ।

 

 बिद्यार्थीले क्याम्पस प्रशासन बिरुद्ध नाराबाजी गर्दै क्याम्पस परिसरमै प्रदर्शन गरेका थिए।

 

, प्रदर्शनका क्रममा विद्यार्थीहरू तोडफोडमा उत्रिएपछि सामान्य ठेलमठेल मात्र भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

 

 तर विद्यार्थीहरूले घटनामा कलेज प्रशासनकै लापरवाही रहेको र प्रहरीले अत्यधिक बल प्रयोग गर्दै आफूहरूमाथि लाठी प्रहार गरी कुटपिट गरेको आरोप लगाएका छन्।

 

विद्यार्थीहरूको विरोधका कारण हाल घण्टाघर क्षेत्रको मुख्य सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ। घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको र अवस्था सामान्य बनाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.