logo

प्रधानमन्त्रीसंग साँसद पन्तको सम्वाद भने,वीरगंजका क्यासिनोमा नियमन भएन नकारात्मक असर बढ्यो

 इसीमाना सम्वाददाता     २०८२ चैत १८ गते ०४: ५८ मा प्रकाशित     352   पटक पढिएको

वीरगन्ज । वीरगंजमा संचालनमा रहेका क्यासिनोहरुमा नेपाली नागरिकको प्रवेश गराएर जुवा खोलाउने काम भएको प्रति पर्साको क्षेत्र नं १ का साँसद हरि पन्तले प्रधानमन्त्री बालेन शाहको ध्यानाकर्षण गराएका छन । 

 


प्रधानमन्त्रीले आयोजना गरेको मधेशका साँसदहरुसंगको छलफलमा उनले प्रधानमनत्रीको ध्यानाकर्षण गराएका हुन । उनले क्यासिनोमा नेपालीको प्रवेश र त्यसबाट  वीरगंजेली समाजमा परेको प्रभाव निकै नकारात्मक रहेको भन्दै उनले क्यासिनोको नियमन नभएको भन्दै गुनासो गरेका थिए ।

 

 उनले वीरगंज महानगरपालिकाले आफनो अधिकार क्षेत्र भन्दा बाहिर गएर ठेक्का लगाएर कर संकलनको नाममा अवैध असुली गरिरहेको समेत बताएका छन ।

 

साँसद पन्तले   सिर्सिया नदीमा बढ्दो प्रदूषण तत्काल नियन्त्रण गर्न अधिकार सम्पन्न समिति गठन गरी निश्चित समयसीमाभित्र समाधान गर्नुपर्नेमा जोड दिएका थिए।

 

साँसद पन्तले सरकार प्रति आम जनताको जुन भरोसा छ त्यसलाई जीवन्त राख्न पनि सुधारका काममा ढिलाई गर्ने छुट नभएको समेत बताएर प्रधानमन्त्रीलाई जनसरोकारका बिषयमा ध्यानाकर्षण गराए उनले मलखाद्यको समस्या कहिल्यै नसुल्झिने भन्दै अव यो सरकारले सुल्झाउनु पर्नेमा जोड दिए । 

 


साँसद पन्तको कुरा सुनिसकेपछि प्रधानमन्त्री शाहले  यसलाई गम्भीरतापूर्वक लिँदै तत्कालै प्रहरी महानिरीक्षक र गृह सचिवलाई निर्देशन दिने बताएका छन्।

 

साथै, जनप्रतिनिधिले उठाएका जायज मागहरूलाई स्थानीय प्रशासनले बेवास्ता गर्न नमिल्ने स्पष्ट पारे।

 

उक्त भेटमा श्रम मन्त्री दिपक साह, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह लगायत मधेस प्रदेशका सांसदहरूको उपस्थिति रहेको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.