वीरगन्ज। सरकारले मन्त्रीहरुको मर्यादक्रम हेरफेर गरेको छ । यस अघि मर्यादाक्रमको तेश्रो स्थानमा रहेका गृहमन्त्री सुदन गुरुङ पाँचौ नम्बरमा पुगेका छन ।
प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको संविधानको धारा ७६ उपधारा (९) अनुसार मर्यादाक्रम सिफारिश गरे पछि राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीपरिषद्का सदस्यहरूको मर्यादाक्रम मा फेरबदल गरेका हुन।
मर्यादाक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दोस्रो स्थानमै यथावत् छन्।
परराष्ट्रमन्त्री शिशिर खनाल तेस्रो र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ चौथो स्थानमा उक्लिएका छन्। दुबै यस अघि नै नेपाल सरकारको मन्त्री भइसकेका ब्यक्ति हुन ।
त्यसपछि क्रमशः भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकास मन्त्री सुनिल लम्साल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादी, सङ्घीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावल रहेका छन्।
यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या एवं खानेपानी मन्त्री निशा मेहता, शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल, सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिना, कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरण मन्त्री गीता चौधरी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार साह रहेका छन्।
सरकारले मर्यादाक्रममा गरेको यो हेरफेरलाई प्रशासनिक तथा प्रोटोकल व्यवस्थापनसँग जोडेर हेरिएको छ।

तपाईको प्रतिक्रिया