logo

सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन  गर्ने भनी  गरिएको परिपत्र फिर्ता लिन महासंघको माँग

 इसीमाना सम्बाददाता     २०८२ चैत २५ गते ०८: २६ मा प्रकाशित     292   पटक पढिएको

वीरगंज । सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने भनी  गरिएको परिपत्र फिर्ता लिन माँग आन्दोलनमा उत्रिएको नेपाल पत्रकार महासंघले आज देशैभरि आफना पूर्व अध्यक्षहरुसंग छलफल गरेको छ । 

 


केन्द्रले काठमाण्डौमा, प्रदेशहरुले प्रदेश राजधानी र जिल्लाहरुले जिल्ला सदरमुकाममा त्यही तहका पूर्व अध्यक्षहरुसंग छलफल गरेको हो ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सबै संघीय मन्त्रालय, आयोग र सचिवालय, प्रदेश र स्थानीय तहहरूलाईसमेत जारी गरिएको परिपत्र तत्काल फिर्ता गर्नेतर्फ सकारात्मक पहल नभएकाले सरकारलाई दबाब दिन नेपाल पत्रकार महासंघले पहिलो चरणको अभियान अन्र्तगत छलफल गरेको हो ।

 


सरकारी निर्णय  निजी सञ्चारमाध्यम र स्वतन्त्र पत्रकारिताको हितविरुद्ध देखिएकोले महासंघले संचालन गरेको दबाब अभियान उचित भएको पूर्व अध्यक्षहरुले  बताएका छन । 


कार्यक्रम अतर््गत आज पर्सामा पनि पूर्व अध्यक्षहरुसंग छलफल भएको छ । छलफलमा पूर्व अध्यक्षहरुले सरकारको नीति 
उदार अर्थनीतिको सिद्धान्त र सङ्घीयताको मर्मविपरीत रहेको बताएका थिए ।

 

बिज्ञापन प्रकाशनमा नियन्त्रण सरकारी  निरकुंशता भएको बताउदै सरकारले आफनो नीति फिर्ता गर्नु पर्ने बताएका थिए । अध्यक्षहरुले महासंघले सञ्चारमाध्यम र ती सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको सरोकारलाई समेत समेटेर अघि बढ्नुपर्ने बताएका थिए  ।

 


छलफलमा पुर्व अध्यक्ष शंकर खतिवडा , शत्रुघ्न नेपाल , के.सी. लामिछाने , श्याम बन्जरा लगायतको सहभागीता  रहेको थियो ।  जिल्ला अध्यक्ष ओमप्रकाश खनाल , सचिव बिजय चौहान , सहसचिव अजय चौरसिया , सदस्य रितेश झा, अजित भुजेल , राहुल गुप्ता , सुभाष रामले पनि आफना बिचार ब्यक्त गरेका थिए । ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.