logo

बिज्ञापन तथा सूचनामा नियन्त्रण खुला बजार अर्थतन्त्र र प्रतिस्पर्धात्मक प्रणालीको भावना विपरीत भएको महासंघको भनाई

 इसीमाना सम्वाददाता     २०८३ बैशाख १० गते ०२: ५८ मा प्रकाशित     259   पटक पढिएको

वीरगञ्ज ।  नेपाल पत्रकार महासंघ पर्सा शाखाले  सरकारी विज्ञापनलाई केवल सरकारी सञ्चारमाध्यममा सीमित गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।

 

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहालमार्फत पेश गरिएको  ज्ञापनपत्रमा यस्तो निर्णयले लोकतान्त्रिक मूल्य–मान्यतामा असर पर्ने उल्लेख गरिएको छ।

 

 निर्वाचित सरकारले नै सञ्चार क्षेत्रमा रोजगारमा संलग्न पत्रकार कर्मचारीको रोजगारी संकटमा पार्ने खालको निर्णय गर्नु लोकतान्त्रिक अभ्याससँग मेल खाने कुरा होइन।

 

 विज्ञापन तथा सूचनामा सरकारले गरेको नकाबन्दीका कारण नीजि सञ्चारमाध्यमहरूको आर्थिक आधार कमजोर बन्ने, सूचना प्रवाहमा असमानता बढ्ने र नागरिकको सूचनामा पहुँच प्रभावित हुने चिन्ता व्यक्त गरिएको छ।

 

देशभर सञ्चालनमा रहेका हजारौ नीजि संचार माध्यमहरु  विज्ञापन आम्दानीमा निर्भर रहेको अवस्थामा यस्तो निर्णयले ती संस्थाहरू बन्द हुने जोखिम बढ्ने र हजारौं पत्रकार तथा सञ्चारकर्मी प्रभावित हुने महासंघको भनाइ छ।

 

महासंघले उक्त कदमलाई खुला बजार अर्थतन्त्र र प्रतिस्पर्धात्मक प्रणालीको भावना विपरीत भएको बताउँदै राज्य–नियन्त्रित सूचना प्रणालीलाई प्राथमिकता दिने संकेतका रूपमा व्याख्या गरेको छ।

 

यस सन्दर्भमा महासंघले चार बुँदे माग अघि सारेको छ। जसमा चैत १८ गते जारी परिपत्र तत्काल खारेज गर्न, सरकारी विज्ञापन वितरणलाई पारदर्शी, समानुपातिक र समावेशी बनाउन, संकटमा परेको सञ्चार क्षेत्रको संरक्षणका लागि दीर्घकालीन नीति बनाउन र सञ्चारसम्बन्धी निर्णय गर्दा सरोकारवालासँग अनिवार्य परामर्श गर्ने व्यवस्था गर्न आग्रह गरिएको छ।

 

महासंघका जिल्ला अध्यक्ष ओमप्रकाश खनाल, केन्द्रीय लेखा समितिका संयोजक के.सी.लामिछाने ,मधेश प्रदेशका अध्यक्ष  श्याम बन्जारा, शाखाका पूर्व उपाध्यक्ष युबराज खडकालगायत पदाधिकारी र सदस्यहरूको उपस्थितिमा ज्ञापनपत्र बुझाइएको हो। पत्रकारहरूले आफ्ना मागहरू छिटो सम्बोधन गर्न सरकारसँग माँग गरेका छन।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.