logo

भान्सेको तलव खाने न्यायधीश

      7/23/2018 गते 00 00 मा प्रकाशित     2120   पटक पढिएको

अलि असगर देवान

जनकपुरधाम ७ साउन । प्रत्येक न्यायाधीशले एक जना भान्से राख्न पाउँछन् तर यो अधिकारको दुरुपयोग भइरहेको पाइएको छ । अधिकांश न्यायाधीशले भान्सेमा आफ्ना जिल्लावासी वा विश्वासिलो व्यक्तिको नाम राखेर तलब भने आफैं बुझ्ने गरेका हुन् ।

कागजी रूपमा नियुक्ति पाएका अधिकांश भान्से कि न्यायाधीशका बालबच्चा स्याहार्छन् कि त पत्नीका कामदार छन् । यति मात्र होइन, कतिपय नाम मात्रको भान्से रहेको पनि पाइएको छ । धनुषा जिल्ला अदालतका भवानी थारू १ नम्बर न्यायाधीशका भान्से हुन् । उनले चार वर्षदेखि प्रमुख न्यायाधीशकै भान्सेका रूपमा काम गर्दै आएका छन् । धनुषामा जोसुकै प्रमुख न्यायाधीश आए पनि उनी नै भान्से हुन् । आफू डेढ वर्षदेखि अहिलेका प्रमुख न्यायाधीशको भान्से भएर काम गर्दै आइरहेको उनी बताउँछन् । प्रत्येक बिहान–बेलुका न्यायाधीश निवासमा गएर खाना पकाउने गरेको उनको भनाइ छ । ‘त्यसपछि कार्यालयको काम गर्छु किनकि मेरो नियुक्ति कार्यालय सहयोगीमा भएको छ ।’

व्यावहारिक रूपमा उनी जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीका भान्से भए पनि कागजमा भने अरूकै नाम छ । कागजी रूपमा न्यायाधीश उप्रेतीको भान्सेमा कमल भण्डारीको नाम छ । सर्लाही निवासी उनी न्यायाधीशका छिमेकी रहेको जनाइएको छ । थारूले आफूलाई भण्डारीका बारेमा थाहा नभएको प्रतिक्रिया दिएका छन् ।

भण्डारी न काम गर्न आउँछन् न त तलब बुझ्न नै । तापनि, मासिक रूपमा भान्सेका नाममा तलब निकासा भइरहेको अदालतका लेखापाल शिवकुमार झा बताउँछन् । उनका अनुसार भान्सेको तलब न्यायाधीश आफैंले बुझ्ने गरेका छन् । थारू भने तलब अदालतबाट पाउने गरेको सुनाउँछन् ।

जिल्ला न्यायाधीश उप्रेती पनि भान्सेमा भण्डारीलाई नियुक्त गरिएको स्वीकार गर्छन् । उनका अनुसार भण्डारी आफूसँग घरमा बस्ने गरेका छन् । कहिले सर्लाही त कहिले काठमाडौंको घरमा बस्ने गरेको उनको भनाइ छ ।

पर्सा जिल्ला अदालतका प्रमुख न्यायाधीशको अवस्था पनि फरक छैन । न्यायाधीश नागेन्द्रलाल कर्णका लागि भान्सेको काम सुरेश कुर्मीले गर्छन् तर कागजी रूपमा उनका जिल्लावासी रामविलास मण्डलको नाम भान्सेमा छ ।

ड्राइभर र कार्यालय सहयोगीबाटै भान्सेको काम
                                                       तलब बुझ्न सजिलो हुने गरी भान्सेमा आफन्तको नाम
                                                                                 मासिक ९ लाख र वार्षिक झन्डै ११ करोड खर्च
                                                                                                                                     तेलका लागि वार्षिक सवा ३ करोड फजुलमा खर्च
यी दुई जना त प्रतिनिधि पात्र मात्र हुन् । धनुषा जिल्ला अदालतमै पाँच जना न्यायाधी छन्, उनीहरू सबैले आफ्नो ड्राइभरबाटै खाना पकाउने गरेको थारू बताउँछन् । भान्सेलाई कार्यालय सहयोगी कर्मचारीसरह तलब दिने व्यवस्था छ । कार्यालय सहयोगीलाई पनि दुई भागमा विभाजन गरिएको छ, एउटा प्रथम स्तर र अर्को पाँचौं । प्रथम स्तरकालाई १६ हजार २ सय २५ र पाँचौंलाई २१ हजार ३ सय ८७ रुपैयाँ तलब तोकिएको छ ।

भान्सेमा बर्सेनि ११ करोड खर्च

काठमाडौंका एक न्यायाधीशका अनुसार भान्सेमा अधिकांश न्यायाधीशले पैसा लिन सजिलो हुने गरी आफ्ना मान्छेको नाम राख्छन् । न्यायाधीशहरूको सेवा, सर्त, सुविधासम्बन्धी ऐनअनुसार सरकारले भान्सेसहित ड्राइभर, मासिक रूपमा तेल, मोबिल, घरभाडासहितको सुविधा दिने गरेको छ । सरकारले जिल्लाका न्यायाधीशको तलब ४६ हजार ७ सय, उच्च अदालतका ५४ हजार र सर्वोच्चका राज्यमन्त्रीसरह दिने गरेको छ ।

 

देशभरिका जिल्ला अदालतमा २ सय ४ जना न्यायाधीश कार्यरत छन् । उच्च अदालतमा १ सय ६ न्याायाधीश दरबन्दी छ भने सर्वोच्चमा २१ जना । तीनवटै तहका अदालतका गरी ४ सय २१ जना न्यायाधीश छन् । प्रत्येक न्यायाधीशको भान्सेको हिसाब मात्र जोड्ने हो भने मासिक रूपमा ९ लाख व्यर्थै राज्यको ढुकुटी दोहन भइरहेको छ, जुन वार्षिक रूपमा १ करोड ८ लाख हुन जान्छ ।

तेलमा सकिन्छ सवा ३ करोड

सरकारले न्यायाधीशलाई दिँदै आएको तेल सुविधामा पनि दुरुपयोग भइरहेको पाइएको छ । सवारी साधनबाट आवतजावतका लागि प्रत्येक न्यायाधीशले मासिक ७२ लिटर तेल पाउँछन् । तर त्यसबापत न्यायाधीशले नगद नै ७ हजार २ सय रुपैयाँ बुझ्ने गरेका छन् । धनुषा जिल्ला अदालतका लेखापाल शिवकुमार झा अनुसार यहाँका न्यायाधीशले मासिक रूपमा तेलबापतको रकम बुझ्छन् ।

एक कर्मचारीका अनुसार प्रत्येक न्यायाधीशको डेरा अदालतबाट एक किलोमिटर दूरीमा पर्छ । सवारी साधन एक लिटर तेलमा कम्तीमा आठ किलोमिटर गुड्छ । कतिपय सवारी साधनले १ किलोमिटर दूरी नै पार गर्ने जनाइएको छ । यसअनुसार आठ लिटर तले एक महिना धान्छ । तर, न्यायाधीशलाई ७२ लिटर तेल दिइँदै आएको छ । प्रत्येक महिना एक न्यायाधीशका लागि ६४ लिटर तेल व्यर्थै खर्च भइरहेको देखिन्छ । यसलाई ४ सय २१ जना न्यायाधीशसँग गुणन गर्ने हो भने मासिक २७ लाख रुपैयाँ फजुलमा खर्च भइरहेको छ, जुन वार्षिक सवा ३ करोड पुग्न जान्छ ।संभारः अन्नपूर्णपोष्ट डटकम

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.