logo

प्रदेश सभा सदस्यद्वारा जन्मदिनको अवसरमा कम्प्युटर प्रदान

      7/28/2018 गते 00 00 मा प्रकाशित     1334   पटक पढिएको

ईसीमाना सम्वाददाता
बीरगंज १२ साउन ।

प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य भिमा यादवले  आफ्नो ६० औँ जन्मदिनको अवसरमा मध्य नेपाल सन्देश पत्रिकालाई एक थान कम्पयुटर प्रदान गरेकी छिन् ।

वीरगंजबाट प्रकाशित हुदैं आएको मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाले आउने दिनमा महिलाहरुको मुद्धालाई उठान गर्न टेवा पुगोस भन्ने उद्धेश्यले कम्प्युटर प्रदान गरेको सभासद यादवले बताइए । 

मध्य नेपाल सन्देशकी सम्पादक कविता खड्कालाई कम्युटर हस्तान्तरण गर्दै प्रदेश सभासद यादवले पत्रकारहरुको समस्या हल गर्न आफूले आउने दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाइन । उनले पत्रकार महिलाहरुले गरेको परिश्रमले आफूलाई प्रेरीत गरको भन्दै नितान्त आफनो नीजि खर्चमा कम्युटर दिएको बताइन ।

 

जन्मोत्सव एउटा बाहाना हो यादवले भनिन “तपाईहरुले सूचना पाउने नागरिकको अधिकारको प्रत्याभूतीको निम्ति गर्नु भएको कामलाई सम्मान गर्न सानो प्रयास हो ”। 

महिला पत्रकारहरुको ब्यवस्थापनमा प्रकाशीत हुदै आएको मध्यनेपाल सन्देश पत्रिकाको गुणत्मक प्रस्तुतीमा थोरै भएपनि टेवा पुगोस भन्ने आफनो चाहना रहेको यादवले बताइन । 
सो अवसरमा प्रदेशसभा सदस्य यादवको जन्मदिनको अवसरमा पत्रिकाका प्रकाश सम्पादक कविता खडका,निलम पन्त शोभा धमला, सन्ध्या पौडेल लगायतका पत्रकारले उनलाई शुभकामना ब्यक्त गरेका थिए । 

कार्यक्रममा बेटी पढाई बेटी बचाई  अभियान पर्सा जिल्लाकी संयोजक पुष्पा पाण्डे, नेपाल पत्रकार महासंघका पार्सद विजय भण्डारी, चेली कृषि सहकारी संस्थाकी अध्यक्ष कमला घिमिरे, संस्कृतिका अध्यक्ष आशु सरार्फ, सञ्चारकर्मी सुरेश विडारी, नेहाल खान, प्रणय साह, जाकिर हुसेन् बलिराम यादव लगायतको उपस्थिति रहेको थियो ।  
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.