logo

मलपोत पर्साका सुचना अधिकारीद्धारा पत्रकार मिश्रा सँग दुव्र्यवहार

      7/31/2018 गते 00 00 मा प्रकाशित     1339   पटक पढिएको

वीरगञ्ज, १५ साउन । 
मालपोत कार्यालय विरगञ्जका सुचना अधिकारी कमोद तिवारी तथा उनका आसेपासे लेखनदास लगायतकाहरुले सुचना माग गरेकोमा बीरगंजबाट प्रकाशन हुने स्थनीय सिहं दैनिक पत्रिकाका सह सम्पादक निरञ्जन मिश्र सँग अभद्र व्यवहार गरेका छन् ।   

मिश्रले समाचार प्रयोजनकालागि साउन ६ गते मालपोत कार्यालयमा सुचना माग गर्दै निवेदन दर्ता गराएका थिए । तर मालपोत कार्यालयका सूचना अधिकारी कमोद तिवारीले सूचना दिन आलटाल गर्दै आए ।

 

तिवारीले मंगलवार आफना आसेपासे लगाएर पत्रकार मिश्रमाथि दूब्र्यवहार गराएका हुन । पत्रकार मिश्रलाई तिवारीले धम्की समेत दिएका छन । 

 

राजस्व चुहावटमा तिवारीको हात रहेकोले सूचना दिन आनाकानी गरेको र  धम्की समेत दिन लगाएको पत्रकार मिश्रले बताए । तिवारीसंगै मालपोत कार्यालयमा लेखनदासको काम गर्ने केही  लेखनदासहरु समेत पत्रकार मिश्रलाई धम्की दिन र दूब्र्यवहार गर्न अग्रसर भएका थिए ।

 

पत्रकार मिश्रका कारण उनीहरुको ठगी धन्दामा अवरोध आएकोले उनीहरु धम्की दिने र दूब्र्यवहार गर्ने तल्लो दर्जाको काममा उत्रिएको बताइएको छ । 

 पत्रकार मिश्रमाथि भएको दूब्र्यवहारको स्थानीय संचारकर्मीले कडा रुपमा प्रतिवाद गर्ने बताएका छन ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.