logo

घरघरमा सिंहदरवार बजेट सिध्याउन मलको ब्यापार

      8/1/2018 गते 00 00 मा प्रकाशित     1254   पटक पढिएको

अलीअसगर देवान

वीरगन्ज १६ साउन ।

पर्साको बहुदरमाई नगरपालिकाले बजेट सिध्याउन हरेक मतदाताको भागमा पर्ने गरी रासायनिक मल वितरण गरेको पाइएको छ। प्रत्येक कार्यकर्ताको भागमा पर्ने गरी एकरएक किलो रासायनिक मल जिंक वितरण गरिएको जनाइएको छ।

प्रत्येक वडामा वडाध्यक्षले आफ्ना आसेपासेलाई रासायनिक मल वितरण गरेको असन्तुष्ट पक्षको गुनासो छ। नगरपालिकाको कृषि शाखाले गत आर्थिक वर्षको बजेटबाट रासायनिक मल वितरण गरेको हो।

 

कृषि शीर्षकमा रहेका साना योजनाअन्तर्गतका बजेट खर्च हुन नसकेपछि यस्तो कार्यक्रम सञ्चालन गरिएको कृषि शाखाका प्राविधिक सहायक महेन्द्र कुशवाहाले बताए। उनका अनुसार रासायनिक मल नगरपालिकाको निर्णयअनुसार नै वितरण गरिएको हो।

विकासे धान, मुंगको दाल, अन्य धानका बीउसहित कृषि शीर्षकमा रहेको बजेट खर्च हुन नसकेपछि त्यसको साटो मल वितरण गरिएको नगरपालिकाले जनाएको छ। उनका अनुसार गत आवमा नगरपालिकाको बैठकले यस्ता योजनालाई विषादी छर्ने ट्यांकी र मल वितरण गर्ने निर्णय गरेको थियो। त्यही निर्णयबमोजिम मल वितरण गरिएको उनले सुनाए।

कृषिको १८ लाख बजेट मल र ट्यांकीमा खर्च भएको छ। ९ लाखको मल र ९ लाखको विषादी छर्ने ट्यांकी खरिद गरिएको उनले बताए। ‘अहिले ९ लाख रुपैयाँबराबरको रासायनिक मल मात्र बाँडिएको छ’, उनले भने, ‘ट्यांकी खरिद गरिए पनि वितरण गरिएको छैन।’

उनका अनुसार खरिद गरिएको ७ हजार ५ सय किलो मलमध्ये ६ हजार ५ सय किलो वितरण गरिएको छ। प्रत्येक वडामा ७ सय किलोभन्दा बढी पर्ने गरी मल वितरण गरिएको उनले सुनाए। बहुदरमाईमा नौ वडा छन्।

 

एउटा वडामा साट क्विन्टल मल दिँदा संख्यात्मक हिसाबले ७ सय प्याकेट पुग्न जान्छ। जबकि एउटा वडामा १ हजार ५ सयभन्दा बढी मतदाता रहेको जनाइएको छ।

वडा नम्बर ७ मा प्रत्येक मतदातालाई १र१ किलो पर्ने गरी बाँडिएको वडा कार्यालयले जनाएको छ। वडाध्यक्ष प्रभु पटेलका अनुसार वडामा करिब २ हजार मतदाता छन्। भागबन्डा गरी मल बाँड्दा अपुग भएको उनको भनाइ छ।

ढुवानीसहितको मूल्य १ सय २० रुपैयाँ राखिएको कुशवाहाले बताए। उनका अनुसार जिंकले फसलको उत्पादकत्व वृद्धि गर्छ। एक किलो जिंकले चार कट्ठामा लगाइएको फसल धान्छ।

 

नगरपालिकाले उपलब्ध गराएको जिंकले चार कट्ठाको फसल मात्र पुग्ने भएकाले पाउने किसानसमेत सन्तुष्ट हुन सकेका छैनन्। दुई बिघा जमिन भएका वडा नम्बर ९ का हासिम अन्सारीले नगरपालिकाले किसानको मजाक उडाएको गुनासो गरे। सबै किसानलाई मल उपलब्ध गराएको भनिए पनि आफूले नपाएको उनको भनाइ छ।

नगरपालिकाले असार मसान्तमा हेरक वडालाई ९०र९० वटा फलफूलका बिरुवा पनि वितरण गरेको थियो। ७० हजार रुपैयाँ लागतमा फलफूलका बिरुवा वितरण गरिएको नगरपालिकाले जनाएको छ। वडाध्यक्षले आफ्ना कार्यकर्तालाई बिरुवा उपलब्ध गराएको स्थानीयको आरोप छ।

वडा नम्बर ९ का सदस्य महम्मद फकरोदिनले यो बजेट सिध्याउने तरिका मात्र भएको जिकिर गरे। वडा नम्बर ७ का सदस्य कुदिस देवानले पनि सोझो रूपमा बजेट सिध्याउने तरिका अपनाइएको बताए। बैरिया बिर्ताका युवा नेता मोती उरहमानले पनि मल आसेपासेलाई मात्र दिइएको आरोप लगाए।

मेयर नितेन्द्र साहले भने किसानलाई सुविधा दिइएको बताए। कृषि कार्यक्रमको बजेटअनुसार सबै वडालाई भाग लगाएर ७र७ क्विन्टल जिंक उपलब्ध गराइएको उनको भनाइ छ।सभार ःअन्नपूर्ण पोष्ट

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.