logo

भोजपुरी टाइम्स दैनिकको चौथो वार्षिकोत्सव सम्पन्न

      8/8/2018 गते 00 00 मा प्रकाशित     1639   पटक पढिएको

वीरगंज २३ साउन ।
बीरगंजबाट प्रकाशन भइरहेको भोजपुरी टाइम्सले आफनो चौथो वार्षिकोत्सव मनाएको छ  । बीरगंजमा आज सम्पन्न कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका प्रदेशसभा सदस्य मन्जुर अन्सारी र प्रहलाद गिरीले कार्यक्रमको उद्धघाटन गरेका थिए ।

 

उनीहरुले भोजपुरी टाइम्सले भोजपुरी भाषाको बिकास र संस्कृतिको संरक्षणमा योगदान पु¥याएकोमा प्रशंसा गरे । 
कार्यक्रममा वीरगंज पब्लिक कलेजका निर्देशक डा. दिपक शाक्यले  भोजपुरी भाषा, कला, साहित्य, संस्कृतिसँग आफु जनमेदेखि नै जोडिएकोले यसको समग्र विकासको लागि आर्थिक, सामाजिक हरेक दृष्टिकोणले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।


पोखरीया नगरपालिकाका मेयर दिपनारायण रौनियार मन्टुले पर्सा जिल्लाबाट प्रकाशित भोजपुरी टाइम्स दैनिक पत्रिकाको उत्थानको लागि कार्यालयबाट हुन सक्ने जस्तोसुकै सहयोग पनि गर्न पछि नपर्ने बताए ।

 

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जारा , पोखरीया नगरपालिकाकी उपमेयर सलमा खातुन, नेपाल परिवार दल पर्साका अध्यक्ष पलटन पटेल, सामाजिक अभियान्ता ओमप्रकाश सर्राफ, इश्वर यादव, शेख मुन्ना, समसेद अख्तर, आर.सी. यादव, सरोज चौरसिया लगायतकाले शुभकामना मनतव्य व्यक्त गरेका थिए । 


पत्रिकाका प्रकाशक अजय कुमार चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा पत्रिकाका संवाददाता, लेखक, साहित्यकार, सहयोगी लगायतलाई कदर पत्र सहित सम्मान गरिएको थियो ।

 

सो अवसरमा वीरगंज महानगरपालिका वडा नं. २४ अठराहा सुगौलीका ५० वर्षिय अपाङ्ग चन्द्रावती देवीलाई ह्विल चेयर प्रदान गर्नुका साथै उनका छोरा शिवसंकर पटेललाई शैक्षिक सामग्री प्रदान गरिएको थियो । ओमप्रकाश गिरीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मनतव्य कार्यकारी सम्पादक श्रवण प्रसाद साहले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.