logo

पकहामैनपुर गाउँपालिकाका अध्यक्ष र अधिकृतले बजेटमा अनियमितता गरेको आरोप 

      9/7/2018 गते 00 00 मा प्रकाशित     1650   पटक पढिएको

पर्सा, २२ भाद्र । पर्साको पकहामैनपुर गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले गाउँपालिकाको बजेटमा हिनामिना गरेको उपाध्यक्ष कुसुमी देवी पटेल सहितका कार्यपालिका सदस्यहरुले पनि अरोप लगाएका छन् ।

गाउपालिका अध्यक्ष बिजय चौरसिया र प्रशासकीय अधिकृत हिरा भुसालले ब्यापाक रुपमा हरेक कार्यक्रममा भ्रष्टाचारी गरेको आरोप लगाएका हुन् । नेपाल पत्रकार महासंघ पर्सा शाखाको साभहालमा शुक्रबार भएको पत्रकार सम्मेलनमा उपाध्यक्ष पटेलले भनिन्, “मलाई हरेक काममा जानकारी नगराई अध्यक्षले बहुमतको दम्भ देखाई मेरो अधिकारको समेत हनन गरिरहेको छ ।”

वडाहरुमा भएको कामको बारेमा जानकारी लिन खोज्दा वडाअध्यक्षले मात्रै जानकारी लिन पाउने अध्यक्षले भन्ने गरेको बताईन् । आफु निरक्षर रहेकोले हरेक काममा हस्ताक्षर गराउने गरेको तर केही पनि नबताउने गरेको बताईन ।

आफना मान्छेलाई बैठकमा बस्न भन्दा त्यस्तो नियम नरहेको र बैठकमा अर्काे मान्छे बस्न नपाउने चौरसियाले भन्ने गरेको उपाध्यक्ष पटेलले आरोप लगाईन् । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय परिषद सदस्य शिवजी सोनीले बिभिन्न शीर्षकमा भ्रष्टाचार भएकोले आफनै पार्टीको अध्यक्ष बिरुद्ध पत्रकार सम्मेलन गर्नु परेको बताए ।

गाउँपालिकामा फ्रि वाईफाई योजनामा आफनै मान्छेको कम्पनीसँग सम्झौता गरी लाखौ रुपैयाको भ्रष्टाचार गरेको आरोप उनको छ । कम्प्युटर जडानको बजेट १ करोड ९ लाख रहेको तर ४९ लाख मात्रै गरी बाँकी रकम हिनामिना भएको, पदाधिकारीहरुको ७ महिनामा १५ लाखको भत्ता बितरण भएको, ९ लाख संचारकर्मीहरुमा खर्च भएको,

स्वास्थ्य क्षेत्रमा ४२ लाख रकममा मुश्किलले २ लाख जतिको मात्र खर्च भएको, आफनै गाडीको प्रति महिना ८५ हजार भाडा लिएर गाडी चढ्ने गरेको, गाउँपालिका उपप्रमुखलाई कतै जानु परेमा गाडी खाली रहेपनि उनलाई प्रयोग गर्न नदिईएको, सरसफाईमा आएको बजेटमा पनि अनियमितता गरेको लगायतको काममा ब्यापक भ्रष्टाचार भएको जनप्रतिनिधिहरुले नै बताएका छन् ।

गाउँपालिकाका अध्यक्ष चौरसियाले गरेको व्यापक अनियमितता र भ्रष्टाचारकै कारणले आपूmलाई समाजवादी फोरमको नाम लिन समेत लाज लागेको विनोद मेहेताले बताए । पत्रकार सम्मेलनमा जनप्रतिनिधि जानमहम्मद अन्सारी, संघीय समाजवादी फोरमका बिनोद मेहता, नेपाली कांग्रेसका रामनाथ साह लगायतको उपस्थिति रहेको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.