logo

पकहामैनपुर गाउँपालिकाका अध्यक्ष र अधिकृतले बजेटमा अनियमितता गरेको आरोप 

      9/7/2018 गते 00 00 मा प्रकाशित     1562   पटक पढिएको

पर्सा, २२ भाद्र । पर्साको पकहामैनपुर गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले गाउँपालिकाको बजेटमा हिनामिना गरेको उपाध्यक्ष कुसुमी देवी पटेल सहितका कार्यपालिका सदस्यहरुले पनि अरोप लगाएका छन् ।

गाउपालिका अध्यक्ष बिजय चौरसिया र प्रशासकीय अधिकृत हिरा भुसालले ब्यापाक रुपमा हरेक कार्यक्रममा भ्रष्टाचारी गरेको आरोप लगाएका हुन् । नेपाल पत्रकार महासंघ पर्सा शाखाको साभहालमा शुक्रबार भएको पत्रकार सम्मेलनमा उपाध्यक्ष पटेलले भनिन्, “मलाई हरेक काममा जानकारी नगराई अध्यक्षले बहुमतको दम्भ देखाई मेरो अधिकारको समेत हनन गरिरहेको छ ।”

वडाहरुमा भएको कामको बारेमा जानकारी लिन खोज्दा वडाअध्यक्षले मात्रै जानकारी लिन पाउने अध्यक्षले भन्ने गरेको बताईन् । आफु निरक्षर रहेकोले हरेक काममा हस्ताक्षर गराउने गरेको तर केही पनि नबताउने गरेको बताईन ।

आफना मान्छेलाई बैठकमा बस्न भन्दा त्यस्तो नियम नरहेको र बैठकमा अर्काे मान्छे बस्न नपाउने चौरसियाले भन्ने गरेको उपाध्यक्ष पटेलले आरोप लगाईन् । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय परिषद सदस्य शिवजी सोनीले बिभिन्न शीर्षकमा भ्रष्टाचार भएकोले आफनै पार्टीको अध्यक्ष बिरुद्ध पत्रकार सम्मेलन गर्नु परेको बताए ।

गाउँपालिकामा फ्रि वाईफाई योजनामा आफनै मान्छेको कम्पनीसँग सम्झौता गरी लाखौ रुपैयाको भ्रष्टाचार गरेको आरोप उनको छ । कम्प्युटर जडानको बजेट १ करोड ९ लाख रहेको तर ४९ लाख मात्रै गरी बाँकी रकम हिनामिना भएको, पदाधिकारीहरुको ७ महिनामा १५ लाखको भत्ता बितरण भएको, ९ लाख संचारकर्मीहरुमा खर्च भएको,

स्वास्थ्य क्षेत्रमा ४२ लाख रकममा मुश्किलले २ लाख जतिको मात्र खर्च भएको, आफनै गाडीको प्रति महिना ८५ हजार भाडा लिएर गाडी चढ्ने गरेको, गाउँपालिका उपप्रमुखलाई कतै जानु परेमा गाडी खाली रहेपनि उनलाई प्रयोग गर्न नदिईएको, सरसफाईमा आएको बजेटमा पनि अनियमितता गरेको लगायतको काममा ब्यापक भ्रष्टाचार भएको जनप्रतिनिधिहरुले नै बताएका छन् ।

गाउँपालिकाका अध्यक्ष चौरसियाले गरेको व्यापक अनियमितता र भ्रष्टाचारकै कारणले आपूmलाई समाजवादी फोरमको नाम लिन समेत लाज लागेको विनोद मेहेताले बताए । पत्रकार सम्मेलनमा जनप्रतिनिधि जानमहम्मद अन्सारी, संघीय समाजवादी फोरमका बिनोद मेहता, नेपाली कांग्रेसका रामनाथ साह लगायतको उपस्थिति रहेको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.