logo

नेपालमै पहिलो पटक हुन गइरहेका अश्वमेध महायज्ञको भूमिपुजन सम्पन्न

      1/21/2019 गते 00 00 मा प्रकाशित     1500   पटक पढिएको

वीरगन्ज,७ माघ 
 नेपालमै पहिलो पटक हुन गईरहेको  अश्वमेध गायत्री महायज्ञको भूमिपुजन कार्यक्रम सम्पन्न भएको छ । धार्मिक उद्देश्य मात्र नभइ समग्र नेपालको कल्याणका लागि वैज्ञानिक र अध्यात्मिक रुपले राम्रो हुने यो महायज्ञ  फाल्गुन १९गते देखि २२गतेसम्म हुने छ ।

 महायज्ञको भूमिपुजन वीरगन्जको आर्दशनगर रगंशालामा सोमबार बिहानसम्पन्न  भएको हो ।  वीरगञ्जको आदर्शनगर रंगशालमा २ सय ५१ वटा कुण्ड निर्माण गरिने यो महायज्ञको भूमिपुजन कायक्रको पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइ लगायत पर्साका सुरक्षा प्रमुखहरुले दिप प्रज्वलित गरेर पुजाको उदघाटन गरे ।

 

श्याम विहारी दुवेको नेतृत्वमा गायत्रीमहापिठ हरिद्धारबाट  आएको पुरुष तथा महिला बिद्धान पुरोहित तथा साधकहरुको टोलीले  बैदिक गायत्री मन्त्र तथा  बिधिद्धारा भूमिपुजन गराएका थिए ।

 वीरगन्ज महानगरपालिकाकी उपप्रमुख शुश्रीशान्ति कार्की,उधोगपती बाबुलाल चचान,हिरालाल केडिया,मुर्लीधर रुगंटा,राजूबैद्य,अंकित अग्रवाल,राजु अधिकारी केशव मराठा र छोटेलाल साह लगायतका व्यक्तिहरुले यो महायज्ञको भूमिपुजन गरेका हुन ।

 

 भूमिपुजन कार्यक्रममा अखिल विश्व गायत्री परिवार वेदमाता गायत्री शक्तिपीठका संयोजक एव वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले महायज्ञको ध्वजा स्थापना गरे ।

 वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा भिष्मकुमार भूसाल,उपसचिव शिव लम्साल,विभिन्न वडा अध्यक्ष,स्थानिय बुद्धिजिवि तथा संचारकर्मिहरुको उपस्थितिमा सम्पन्न भएको भूमिपुजन कार्यक्रममा गायत्री परिवारका सदस्यहरुको व्यापक उपस्थिति  थियो ।

 

 सन् २०२६ सम्म १ सय ८ वटा अश्वमेध महायज्ञ गर्ने उद्देश्यले गायत्री परिवारले विभिन्न स्थानमा अश्वमेध महायज्ञ गर्दै आइरहेको छ । जसमध्ये ४६ औं महायज्ञको रुपमा नेपालमा पहिलो पटक यो महायज्ञ हुन गइरहेको छ । यज्ञले प्रकृतिको चक्रलाई नियमित गर्ने, शारीरिक, मानसिक रोगव्याधिको उपचार गर्ने दावी समेत आयोजकहरुको रहेको छ ।


  २४ थरी जडिबुटी र ध्यूवाट मिश्रीत हवनमा उत्पन्न हुने वायुले गर्दा ४० किलोमिटरसम्म वातावरण प्रदुषण मुक्त हुने वैज्ञानिक मान्यता समेत रहेको छ ।


महायज्ञको उद्घाटनमा प्रधानमन्त्री, संघीय सरकार मन्त्रीहरु, राजनीतिक दलका शीर्ष नेताहरुलाई पनि आमन्त्रण गरिएने आयोजक हरुले जनाएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.