logo

औद्योगिक क्षेत्रको समस्या समाधान गर्न वीरगन्ज उद्योग वाणिज्य संघको माग  

      1/31/2019 गते 00 00 मा प्रकाशित     1240   पटक पढिएको

वीरगन्ज, १७ माघ । वीरगन्ज उद्योग वाणिज्य संघले औद्योगिक क्षेत्रमा देखिएको समस्याको बारेमा सरकारको ध्याकर्षण गराएको छ ।

संघका नवनिर्वाचित पदाधिकारीहरुद्वारा बिहीबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलनको आयोजना गरेर बैंक तथा वित्तिय संस्थाको ब्याजदर सम्बन्धमा, नेपाल विद्युत प्राधिकरणले विद्युत महशुलमा गरेको वृद्धि सम्बन्धमा, विमा समितिले जारी गरेको “सम्पत्ति बिमा निर्देशिका, २०७५ को प्रावधान सम्बन्धमा श्रम ऐन २०७४ का केही अव्यवहारिक व्यवस्था लगायतका विषयमा संघको ध्याकर्षण गराएको हो ।

संघका अध्यक्ष गोपाल केडियाले उत्पादनमूलक उद्योगहरुलाई प्रवाह भएको ऋणमा प्रकृति हेरी अधिकतम ७ प्रतिशत सम्म र व्यवहारिक क्षेत्रमा ९ प्रतिशत भन्दा नबढाई ब्याजदर कायम गर्नुपर्ने, बैंकले प्रवाह गर्ने कर्जामा कम्तीमा ५० प्रतिशत उत्पादनमूलक उद्योगहरुमा सरल प्रक्रियाबाट लगानी गर्ने व्यवस्था गर्नुपर्ने माग गरेको बताए । सरकारले “समृद्ध नेपाल, सुखी नेपाली” को नारा ल्याएपनि त्यसको ठीक विपरित उद्योग व्यवपार तथा अर्थतन्त्रलाई नै चलायमान बनाई राख्ने प्रमुख संयन्त्र निजी क्षेत्रलाई भने किनारामा पु¥याउने स्वयं सरकारी निकायहरुबाटै हुँदा देशलाई आर्थिक सम्मुनतिको यात्रामा बाधक बनेको आरोप लगाए ।

बैंकले अस्वभाविक रुपमा गरेको ब्याजदर वृद्धिबाट उद्योग व्यवसायमा नकारात्मक प्रभाव पर्न गएको भन्दै उनले राज्य संयन्त्रले सहजीकरणको भूमिका खेल्नुपर्नेमा एक पटकमा ठूलो प्रतिशतमा व्याज दर वृद्धि हुँदा निजीक्षेत्रलाई हतोत्साही बनाएको केडियाले बताए ।

मौद्रिक तरलताको नाममा बैंक तथा वित्तिय संस्थाहरुले उद्योगी व्यवसायीहरुले ऋण लिँदाको समयमा कबुल गरेको ऋणमा ब्याजदर भन्दा दोब्बर ब्याज असुल गर्ने र नविकरण, प्रकृया अगाडि बढाउने, चेक क्लियरिङ्ग, चेक बाउन्स लगायतका शीर्षकमा नयाँ नयाँ दस्तुर लिने गर्दा उद्योगी व्यवसायीहरु मारमा परेको उनको भनाई छ । निजीक्षेत्रको समस्यामा निमायमक निकाय नेपाल राष्ट्र बैंक पनि बैंक तथा वित्तिय संस्थाहरुले आपूmखुशी ब्याजदर वृद्धिको विषयमा मौन बसेको उद्योगी व्यवसायीहरुको गूनासो छ ।

नेपाल सरकारबाट उपभोत्ता लाई मर्का पर्ने गरी खरिद मूल्यमा २० प्रतिश भन्दा बढी कायम गर बिक्री वितरण गर्न उपभोत्ता संरक्षण ऐन २०७४ ले प्रतिबन्ध गरेपनि नेपाल सरकारकै स्वामित्वमा रहेको नेपाल विद्युत प्राधिकरणले ऐनको प्रावधान विपरित महशुल निर्धारण गरेकोप्रति पनि संघले ध्याकार्षण भएको जनाएको छ । विभिन्न समस्याहरुबाट गुज्रिरहेको अवस्थामा उद्योग व्यवसायलाई प्रवद्र्धन गर्नुको सट्टा औद्योगिकरण नै प्रभावित हुने गरी विद्युत महशुलको वृद्धिले उद्योगी व्यवसायीहरु निरुत्साहित भएका छन् ।

वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुवोध गुप्ताले सरकारले निजीक्षेत्रसँग पर्याप्त छलफल नै नगरि विद्युतमा महशुल वृद्धि गर्ने, बिमा निर्देशिकामा बाध्यकारी नियम लगाउने लगायतका काम स्वेच्छाचारी भएको बताए । सरकार निजीक्षेत्रमैत्री हुन नसकेको भन्दै उनले निजीक्षेत्र सरकारसँग सहकार्य गर्न तयार रहेपनि निजीक्षेत्रलाई सरकारले नै वेवास्ता गरेको बताए ।

यसैगरी माघ १ गतेदेखि लागू हुनेगरी जारी गरेको “सम्पत्ति बिमा निर्देशिका २०७५” मा पनि संघले ध्याकर्षण भएको जनाएको छ । निर्देशिकाको अनुसूची (परिच्छेद) २ बमोजिम सम्पत्तिको बीमा गराउँदा विमितले चाहेको जोखिमको मात्रै बिमा गर्न पाउनुपर्नेमा एकमुष्ट रकम बुझाउनुपर्ने बाध्यात्मक प्रावधान न्यायसंगत नरहेको जनाएको छ ।

निर्देशिकाको अनुसूची (परिच्छेद) २ मा उल्लेख गरिएका सबै जोखिम रहने सम्भावना नरहने भन्दै स्थान, अवस्था तथा कामको प्रकृति अनुसारको जोखिम फरक फरक हुनुपर्ने र आपूmले मूल्यांकन गरेको जोखिमको आधारमा बिमा गराउन पाउनुपर्ने र सोही आधारमा कम बिमा महशुल तिर्ने सुविधा माग गरेका छन् ।

वीरगन्ज उद्योग वाणिज्य संघले श्रम ऐन २०७५ पनि व्यवहारिक नरहेको बताएको छ । कामदारको सामाजिक सुरक्षाको प्रत्याभूतिको लागि सरकारले नेपालमा कार्यरत कामदार र कर्मचारीहरुको अभिलेखिकरण गर्ने प्रावधान ठीक भएपनि भारतीय कामदाराहरुको हकमा कुनै परिचय पत्र आवश्यक नमानिएकोले त्यसता कामदार कर्मचारीहरुलाई बैंक खाता खोल्न झण्झटिलो प्रकृया रहेकोले भारतीय कामदारलाई बैंक मार्फत पारिश्रमिक भुक्तानिमा समस्या हुने बताईएको छ ।

नेपाल र भारतबीच सन् १९५० मा भएको सन्धी अनुसार नेपाल र भारत दुईदेशका नागरिक एकअर्का देशमा काम गर्न स्वीकृति लिन नपर्ने भएपनि भारतीय कामदार राख्दा दस्तुर दाखिला गर्नुपर्ने व्यवस्था सन्धीको विपरित रहेको जनाएको छ । त्यस्तै श्रम ऐन २०७४ ले उद्योग प्रतिष्ठानमा आवश्यक श्रमिकको आपूर्ति श्रमिक आपूर्तिकर्ता मार्फत गर्न लगाउन सक्ने व्यवस्था गरेको छ ।

तर, त्यसको व्यावस्था सेवाको मुख्य काम बाहेक अन्य काममा मात्र लगाउन पाउने गरि लगाईएको प्रतिबन्ध विधि सम्वत नरहेको र यसले दक्ष कामदारको खोजी गर्न समेत कठिन हुने भएकोले यस्ता अव्यावहारिक व्यवस्थालाई संसोधन गरी रोजगारदाता र सबै प्रकारका श्रमिकहरुको दुवैपषलाई सहज हुने गरी प्रावधानहरु राख्न अनुरोध गरेको छ ।


यी सबै समस्याहरुका बारेमा र समाधानका लागि सुझाव सहितको ज्ञापनपत्र पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत पनि वीरगन्ज उद्योग वाणिज्य संघले सरकारलाई बुझाएको छ । संघका अध्यक्ष गोपाल केडियाको नेतृत्वमा गएको वीरगन्ज उद्योग वाणिज्य संघका पदाधिकारीहरुको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई भेटेर ज्ञापन पत्र बुझाएको छ ।  
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.