logo

महानगर प्रमुख सरावगी लैंगिक हिंसा विरुद्धको कार्यक्रमदेखि विकास निर्माणको उदघाटन र अनुगमनमा व्यस्त

      12/1/2020 गते 00 00 मा प्रकाशित     1038   पटक पढिएको

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीको व्यस्तता निकै बढेको छ । कोरोना महामारी नियन्त्रण र रोकथामका लागि निरन्तर खटिरहेका नगर प्रमुख सरावगी अहिले कोरोनाको संक्रमण कम भएपछि विकास निर्माण र सामाजिक सचेतनामा व्यस्त देखिएका छन् ।

नगर प्रमुख सरावगी मंगलबार वीरगन्ज महानगरपालिकाको वडा नम्बर ८ मा निर्माण सम्पन्न भएको धर्मशालाको उदघाटन्, नगरक्षेत्रमा निर्माण भईरहेका विकास निर्माणका कामको अनुगमन गरेका छन् । वडा नम्बर ८ मा निर्माण भएको धर्मशालाको उदघाटन गरेका छन् । उदघाटनसत्रमा बोल्दै महानगरप्रमुख सरावगीले सार्वजनिक सम्पक्तिको निर्माणले मात्रै विकास नहुने भन्दै यसको संरक्षण गर्न सके मात्रै यसको उपयोग गर्न सकिने बताए ।

उनले हाम्रो समाजमा सार्वजनिक सम्पत्तिको संरक्षणमा खासै चासो नदिने गरेको बताउदै उनले सार्वजनिक सम्पक्ति संरक्षण भए त्यसको उपभोग स्थानीयले नै गर्न पाउने र यसले यहाँको विकासको आधार पनि तयार गर्ने बताए । भवन उदघाटनपछि नगर प्रमुख सरावगीले नगरक्षेत्रमा निर्माण गरिएको ढल, नालाको अवस्थाको बारेमा स्थलगत अनुगमन समेत गरेका छन् ।


मंगलबार नै नगर प्रमुख सरावगी लैंगिक हिंसा विरुद्धको कार्यक्रममा समेत सहभागित भएका छन् । नोभेम्बर २५ देखि डिसेम्बर १० तारिकसम्म संचालन हुने महिला हिंसा विरुद्धको कार्यक्रम तथा विश्व एड्स दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा सहभागि भएका हुन् । कार्यक्रममा बोल्दै महानगर प्रमुख सरावगीले सामाजिक परिवर्तनले मात्रै महानगरको विकास सम्भव रहेको बताए ।

उनले जबसम्म समाजको विकास हुदैन तबसम्म कुनैपनि क्षेत्रको विकास सम्भव नभएको भन्दै महानगरवासीको स्वास्थ्य र शिक्षामा बढी केन्द्रीत भएको बताए । समाज शिक्षित भए विकासपनि त्यहि अनुसार हुने बताउदै समाज रुपान्तारणको लागि शिक्षा अनिवार्य रहेको र त्यसको लागि सचेतना महत्वपूर्ण पाटो रहेको बताए । शिक्षित समाजमा नै हिंसा शून्य हुने भएकोले हिंसा अन्त्यको लागि शिक्षा र सचेतना आवश्यक भएको बताए ।  
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.