logo

अमलेखगंजको कैलाश धारा तेल उधोगमा अनुगमनको छापा उधोग शिल

      12/1/2020 गते 00 00 मा प्रकाशित     1700   पटक पढिएको

जीतपुर सीमरा उपमहानगरपालिकाको अमलेखगंजमा रहेको कैलाश धारा तेल उधोगलाई सील गरिएको छ ।

 

खाद्य प्रविधि तथा गुण नियन्त्रण प्रादेशिक कार्यालय जनकपुरको नेतृत्वमा गएको अनुगमन टोलीले नुगमन गर्दा अखाद्य तेल उत्पादन गरेको पाइएकोले उधोगलाई सील गर्नु परेको अनुगमन टोलीका प्रमुख बरिष्ठ खाद्य अधिकृत बिजय खनालले जानकारी दिनु भयो । 


कलौशको त्रिदेव ब्राण्डको तेलमा दुर्गन्धित अखाद्य पदार्थको मिसावट भएको पाइएकोले उधोगलाई शिल गरेर कारवाही प्रक्रिया अगाडि बढाइएको उहाँले बताउनु भयो । 


टोलीले थप परिक्षणकालागि तेलको नमुना समेत संकलन गरेको छ । अन्य कारावाही परिक्षणको प्रतिवेदनका आधारमा हुने खनालले बताउनु भयो ।कैलाशा धारा तेल मिलमा पुग्दा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने त्रिशक्ति ब्रान्डको आयातित तोरी तेल प्याकमा शंकास्पद देखिएकोले पनि थप परिक्षणकालागि  नमुना सन्कलन गरि उधोगलाई शिल गरिएको खनालले जानकारी दिनु भयो  ।


त्यस्तै टोलीले सीमरामा रहेको स्विट्स हाउसमा पनि अनुगमन गरेको थियो । स्विटस पसलमा आवश्यक सुधारकालागि सात दिनको समय दिइएको उपभोक्ता हित संरक्षण मंचका उपमहानगर अध्यक्ष कमला अधिकारीले जानकारी दिनु भयो । 


अनुगमन टोलीमा उपभोक्ता हित संरक्षण मंचका केन्द्रीय उपभाध्यक्ष अजय अधिकारी खाद्य तथा र गुण नियन्त्रण कार्यालय बिरगंजका प्रमुख बिकि राउत, इलाका ईलाका प्रशासन कार्यालय सिमराका गोकर्ण बर्तौला, पत्रकार शारदा पोखरेल,  जितपुरसिमरा उमनपा नगर कमिटी  सचिव चुडामणि (राजु) गौतम सहित अन्य सरोकारवाला कार्यालयका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.