अन्तर विद्यालय नकआउट कबड्डी खेलमा डिएभी र एन्जल विजयी
अन्तर विद्यालय नकआउट कबड्डी खेलमा डिएभी र एन्जल विजयी
1/22/2017 गते 00 00 मा प्रकाशित
1763 पटक पढिएको
वीरगञ्ज, ९ माघ ः म्याक्स इन्टरटेन्मेन्ट एंण्ड एड्भरटाइजींगले आयोजना गरेको अन्तर विद्यालय नकआउट कबड्डी प्रतियोगिता अन्तर्गत आईतबार भएको खेलमा छात्रतर्फ डिएभी मावि र छात्रा तर्फ एन्जल इन्टरनेशनल स्कुल विजयी भएको छ ।
डीएभी माविले सुर्योदय माविलाई हराएको हो । निर्धारित ४० मिनेटको खेलमा डिएभीले ११० र सुर्योदय माविले २१ अंक मात्रै प्राप्त गरेको हो । पहिलो खेलको म्यान अफ दी म्याच डिएभी माविका आकिब अख्तर घोषित भएका छन् । त्यसैगरी आईतबारै भएको छात्रा तर्फको खेलमा एन्जल इन्टरनेशनल स्कुल विजयी भएको छ । एन्जल इन्टरनेशनल स्कुलले ग्रेस माविलाई हराएको हो । निर्धारित ३० मिनेटको खेलमा एन्जल इन्टरनेशनल स्कुलले ३४ र ग्रेस माविले १२ अंक प्राप्त गरेको हो ।
माघ १२ गते सम्म चल्ने प्रतियोगितामा छात्र तर्फ १२ र छात्रा तर्फ ६ गरि कुल १८ वटा निजी विद्यालयले भाग लिएको आयोजनकले जनाएको छ ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नयाँ दिल्ली । दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।
बीरगंज । ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।
सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
तपाईको प्रतिक्रिया