logo

आयोजक र सुरुङ्गा वाइटवास सेमी फाइनलमा

आयोजक र सुरुङ्गा वाइटवास सेमी फाइनलमा

      1/23/2017 गते 00 00 मा प्रकाशित     1695   पटक पढिएको

    माघ १० झापा /आयोजक नेपाली क्रिकेट समर्थक समाज र सुरुङ्गा ह्वाइट वास क्लब झापाको शनिअर्जुन नगरपालिकामा जारी कंगारु एनसिएसएस झापा कप टि ट्वाइन्टि क्रिकेट प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेका छन् ।
    प्रतियोगिता अन्तर्गत आज भएको पहिलो क्वाटरफाइनल खेलमा कर्णाली एजुकेशन बुधबारेलाई ६ विकेटले हराउदै आयोजकले अन्तिम चारमा आप्mनो स्थान सुरक्षित गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले १९ ओभरमा सबै विकेट गुमाएर ९२ रन मात्र बनाउन सक्यो । उसका लागि अनुप मुखियाले ४० रन बनाउनु बाहेक अन्य व्याटस्म्यान क्रिजमा चल्न सकेनन् । आयोजकका अर्जुन भुजेल र दिव्यन भट्टराईले समान ३÷३ विकेट लिए ।
    ९३ रनको विजय लक्ष्य लिएर मैदान प्रवेश गरेको आयोजकको टिमले १६ दशमलव ३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । आयोजकलाई जिताउन म्यान अफ दि म्याच आनन्द यादवले २३ तथा रुपेश रिजालले २१ रनको योगदान गरे ।
    आजै भएको दोश्रो खेलमा प्रतिभा वारियर्स इटाभट्टालाई ६ विकेटले पराजित गदै 
सुरुङ्गा ह्वाइट वासले पनि सेमी फाइनलमा आप्mनो ठाउँ सुरक्षित गरेको छ ।
    टस हारेर पहिला ब्याटिङ गरेको इटाभट्टाले १८ दशमलव २ ओभरमा ८६ रन जोड्दा सबै विकेट गुमायो । उसका लागि समिर श्रेष्ठले २४ तथा कमल ओझाले १० रन बनाए । सुरुङ्गाका सविन प्रसाँई र सुभम उप्रेतीले समान ३÷३ विकेट लिए । 
    ८७ रनको लक्ष्य सुरुङ्गाले १७ दशमलव ४ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको थियो । उसका लागि म्यान अफ दि म्याच मिलन कार्कीले ३० तथा सुनिल विष्टले १० रनको योगदान गरे । इटाभट्टाका कमल ओझाले २ विकेट लिए ।    
प्रतियोगिता अन्तर्गत भोली हुने पहिलो खेलमा धाइजन र समयगढ क्रिकेट क्लब तथा दोश्रो खेलमा इलेक्ट्रिकसट ट्रुथबारी र दमक क्रिकेट क्लब बिच सेमी फाइनल प्रवेशका लागि प्रतिश्पर्धा हुने आयोजकका रोमन चापागाँईले जानकारी दिए   ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.