logo

एपिएफलाई पन्छाउदै संकटा सिमरा गोल्डकपको सेमिफाईनलमा

      2/3/2017 गते 00 00 मा प्रकाशित     1688   पटक पढिएको


सिमरा, २१ माघ । बिभागिय टिम सशस्त्र प्रहरीको एपिएफ क्लबलाई पन्छाउदै सिएमजी संकटा क्लब रुस्लान आठौं सिमरा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रवार भएको खेलमा एपिएफमाथी २–० को जित निकाल्दै संकटा प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो । बिभागयि टिमविरुद्ध संघर्षपूर्ण जित हात पार्ने क्रममा संकटाका लागि राज पौडेल र सुशिल केसीले गोल गरेका थिए । खेलको सुरुवातदेखी तालमेलमा देखिएपनि फिनिसिङ कमजोर देखिएको एपिएफमाथी संघटाले खेलको ४१ औं मिनेटमा पहिलो गोल गरेको थियो । बिदेशी खेलाडी मार्टिन अजाईले डिबक्स भित्रबाट गरेको क्रसलाई सदुपयोग गर्दै राजले बललाई पोष्टको दिशा दिएका थिए ।


खेलमा अग्रता लिएको पाच मिनेट बित्न नपाउदै संकटाले अग्रता दोब्बर पारेको थियो । पहिलो हाफमा थपिएको एक मिनेटको ईन्जुरी समयमा संकटाका लागि सुशील केसीले दोस्रो गोल गरेका थिए । मार्टिनकै क्रसलाई सुशीलले सदुपयोग गरेको थियो । खेलमा दुई गोलले परेपछि दवावमा देखिएको एपिएफले दोस्रो हाफमा भने लय देखाउन सकेन् । दोस्रो हाफको सुरुवातदेखीनै संकटाले एपिएफलाई दवावमा राखेको थियो । खेलमा फर्कने केही अवसर सिर्जना गरेपनि एपिएफले सदुपयोग गर्न भने सकेन् । एपिएफका युवराज खड्काले थुप्रै अवसर खेल फालेका थिए ।

खेलमा पराजय भोगेपछि निराश बनेका एपिएफका प्रशिक्षक कुमार थापाले दोस्रो हाफमा सुधारिएर खेल्न नसक्दा हार ब्यहोर्नुपरेको बताए । संकटाका प्रशिक्षक सल्यान खड्गीले रणनितिअनुसार खेलाडीले खेलेको कारण जित हात पारेको प्रतिक्रिया दिए । एपिएफविरुद्ध अग्रता लिएपछि रक्षात्मक खेल खेलेको खड्गीले बताए ।
संकटाको जितमा उत्कृष्ट प्रदर्शन गरेका मार्टिन अजाई खेलको ‘पतन्जली म्यान अफ दि म्याच’ घोषित भए । उनले पाच हजार नगद प्राप्त गरे । प्रतियोगिता अन्तर्गत शनिवार सहारा क्लब पोखरा र वीरगन्ज युनाईटेड क्लबबिच खेल हुनेछ ।
 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.