logo

वीरगञ्ज सिमरा गोल्डकपको क्वार्टरफाईनलमा

      2/4/2017 गते 00 00 मा प्रकाशित     1676   पटक पढिएको


वीरगञ्ज, २२ माघ । सहारा क्लब पोखरालाई हराउँदै वीरगन्ज युनाईटेड क्लब सिमरामा जारी आठौं सिमरा गोल्डकपको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शनिबार भएको क्वार्टरफाईनलमा सहारामाथि १–० को जित निकाल्दै वीरगन्ज प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको हो । वीरगञ्जको जितमा विकास राईले निर्णायक गोल गरे । सहाराको रंक्षापंक्ती सम्हालिन नपाउदै खेलको दुई मिनेटमा बिकासले गोल गरे । डिबक्सभित्रबाट बिकासले प्रहार गरेको सहाराका कप्तान सुसन गुरुङको खुट्टामा लागेर गोल भएको थियो । बिकासको प्रहार रोक्न सुसन असफल देखिए ।

 खेलको सुरुवातमै गोल खाएपछि दवावमा देखिएको सहारामा तालमेलको अभाव देखिन्थ्यो । एकेडेमीका तीन खेलाडीसहित मैदानमा उत्रिएको सहाराले वीरगञ्जविरुद्ध पहिलो हाफमा केही अवसर बनाए पनि सदुपयोग गर्न सकेन । सहाराको फिनिसिङमा तालमेलको अभाव खड्कियो । खेलमा अग्रता लिएपछि पहिलो हाफमा वीरगञ्ज हावी भयो । सुरुवातदेखि आक्रामक खेल खेलेको वीरगञ्जले खेलको ३३ औं मिनेटमा कप्तान अमर डंगोलको पासलाई बिकास राईले फितलो प्रहार गरे। डिबक्सभित्रको बलमा उनको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । पहिलो हाफको अन्तिम समयमा पाएको तीन वटा उत्कृष्ट अवसर वीरगन्जले चुकायो ।

 खेलको दोस्रो हाफमा सहाराले सुधारिएर प्रदर्शन गरे पनि स्कोर गर्न नसक्दा पराजय भोग्न पुग्यो । दोस्रो हाफमा सहाराले वीरगन्जलाई दवावमा राख्दै बनाएको थुप्रै अवसर चुकाउन पुग्दा हार आत्मसाथ गर्न बाध्य भयो । सहाराका सहायक प्रशिक्षक दिपेश योञ्जनले खेलाडीबिच तालमेल नमिल्दा पराजय भोग्न पुगेको बताए । दोस्रो हाफमा केही सुधारिएर प्रदर्शन गरेपनि गोल गर्ने अवसर चुकाउदा पराजय भोगेको योञ्जनले बताए । वीरगञ्जका प्रशिक्षक सुलभजंग राणाले जितबाट सन्तुष्ट हुन नसकेको बताए । सहाराविरुद्ध पहिलो हाफ राम्रो खेलेपनि दोस्रो हाफमा खेलाडीले तालमेल बनाउन नसकेको उनको भनाई थियो ।

खेलको म्यान अफ दि म्याच वीरगञ्ज रजिन सुब्बा घोषित भए । उनले पाँच हजार नगद प्राप्त गरे । प्रतियोगिता अन्तर्गत आईतवार साविक बिजेता प्राईम पोलिक्लिनिक बिजय युथ क्लब र सरस्वती युथ क्लबबीच हुनेछ आयोजक जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.