logo

प्रसौनी बिर्तामा सभासद यादवद्वारा खेलकुद सामाग्री हस्तान्तरण

      4/1/2017 गते 00 00 मा प्रकाशित     1628   पटक पढिएको

वीरगंज,  १९ चैत्र ।
पर्सा क्षेत्र नं।२ का सांसद बिचारी प्रसाद यादवको संसदिय बिकास कोषबाट आज एक कार्यक्रमका बिच खेलकुद समाग्री बितरण गरिएको छ । वीरगंज उपमहानगरपालिका वडा नं। २३ प्रसौनी बिर्तामा फुटबल खेलाडीहरुलाई सो खेलकुद समाग्री बितरण गरिएको हो । खेलकुद समाग्री बितरण कार्यक्रमलाई सम्बोधन गर्दै पर्सा क्षेत्र नं २ का सांसद बिचारी प्रसाद यादवले खेलाडी देशको गहना भएकोले खेलाडीको संरक्षण र बिकासमा आफुलेसक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । सांसद यादवले खेलकुद बिकासको लागि आफु सदैव तत्पर रहेको बताउदै हालै नारायणी रंगशाला बिकासको लागि शहरी पुर्वाधार बिकास मंत्रालय अन्तर्गतको बजेटबाट  ५ करोड रकम बिनियोजन गरेको बताए ।  सांसद यादवले खेलाडीहरुलाई निसंकोच भएर  खेल खेल्न आग्रह गर्दै खेलकुद समाग्रीको लागि चिन्ता नलिन आग्रह गरेका थिए । 
नेकपा एमाले वडा नं। २३  प्रसौनी बिर्ताका वडा अध्यक्ष लालबाबु प्रसाद यादवको सभापतित्वमा सम्पन्न खेलकुद समाग्री बितरण कार्यक्रममा मध्यमांचल फुटबल प्रशिक्षक एवं नेपाल खेलकुद महासंघका केन्द्रिय सल्लाहकार हरी बहादुर श्रेष्ठ, जिल्ला खेलकुद बिकास समिती पर्साका उपाध्यक्ष दिपक तिवारी, एमालेका स्थानिय नेता राजकुमार सिंह, अमल यादव, रामनाथ यादव,असरफी राउत अहिर, राजेश यादव लगायत खेलाडीहरुको उपस्थिती रहेको थिए । 
सांसद यादवले खेलकुद बिकासको लागि यस बर्ष ९ लाख २५ हजार रकम बिनियोज गरेको जानकारी दिए । सो अवसरमा फुटबल खेलाडीहरु निरज श्रेष्ठ, सुजित साह, पप्पु यादव, उपेन्द्र दास लगायत ५० जना भन्दा बढि खेलाडीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण राकेश साह गोंडले गरेका थिए ।
 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.