logo

त्रिभूवन आर्मी विशाल मेमोरियल गोल्डकपको फाइनलमा

      4/27/2017 गते 00 00 मा प्रकाशित     1719   पटक पढिएको

 

वीरगञ्ज, १४ बैशाख  । त्रिभूवन आर्मी क्लब वीरगञ्जमा जारी प्रथम टुबोर्ग विशाल मेमोरियल गोल्डकप फुटबल टुर्नामेन्टको फाईनलमा प्रवेश गरेको छ । नारायणी रंगशालामा बिहीबार भएको सेमिफाइनल खेलमा आर्मीले नवजागृति यूवा क्लब सिमरालाई ३–० गोल अन्तरले पराजित गर्दै फाईनलको यात्रा तय गरेको हो ।

 

दुवै टिमले आक्रमक खेल पस्केपनि आर्मीका जर्सी नं. ३० का जर्ज प्रिन्स कार्कीले पहिलो हाफको २२ औं मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । त्यस्तै दोश्रो हाफको ७९ औं आर्मीका दिप लामाको क्रसमा कप्तान भरत खवासले गोल गर्दै २–० को अग्रता दिलाएका हुन् । ८४ औं मिनेटमा भरतले आफ्नो व्यक्तिगत दोश्रो गोल गरेपछि आर्मीको जीत सुनिश्चित भएको थियो ।

भरत खवास खेलको म्यान अफ दि म्याच घोषित भए । उनले नगद पाँच हजार हात पारे ।

फाइनलमा सिएमजी क्लब संकटा र त्रिभूवन आर्मी क्लब बीच शनिबार खेल हुने प्रतियोगिताका संयोजक रोशन प्रसाद कलवारले बताए । यसअघि भएको खेलमा संकटाले दुई विभागीय टोली एपिएफ र नेपाल नेपाल पुलिस क्लबलाई हराउँदै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

बैशाख १६ गते सम्म चल्ने प्रतियोगिताको उपाधी विजेता टिमलाई नगद पाँच लाख र ट्रफी तथा उपविजेता टिमलाई दुई लाख ५० हजार नगद सहित ट्रफी पुरस्कार प्रदान गरिनेछ । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान सुजीकी मोटरसाइकल प्राप्त गर्नेछन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.