logo

हङकङसँग नेपाल ८३ रनले हार्‍यो नेपाल

      10/13/2017 गते 00 00 मा प्रकाशित     1765   पटक पढिएको

काठमाडौं, २७ असोज :
 

                              विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गतको हङकङविरुद्धको पहिलो खेलमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको छ ।

                               हङकङले घरेलु मैदानमा दिएको १९५ रनको लक्ष्य पछ्याएको नेपाल ३४ ओभर ५ बलमा १११ रनमा अलआउट भयो। नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक २६ रनको योगदान गरे । आरिफ शेखले २३, ज्ञानेन्द्र मल्ल २१ र बिनोद भण्डारी १८ रनमा आउट भए । सोमपाल कामीले ११ रन जोडे ।

                               बसन्त रेग्मी, करण केशी र सन्दीप लामिछाने शुन्य रनमा आउट हुँदा सुसन भारीले १ रन मात्रै जोड्न सके। सागर पुन र दिपेन्द्र सिंह ऐरी ३-३ रन बनाएर आउट भए । हङकङका इसान खानले ५ र अजिज खानले ३ विकेट लिए भने कार्ल क्रिस्टी र तानविर अफजलले १-१ विकेट लिए ।

टस हारेर ब्याटिङ थालेको हङकङले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर १९४ रन बनाएको थियो । सुरूवाती ब्याट्सम्यान जेमी अट्किन्सनले ७६ रनको योगदान गरे भने ३८ रन बनाएका तानविर अफजलले उनलाई साथ दिए । नेपालका सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए भने बसन्त रेग्मी र करण केसीले २-२ तथा सुसन भारीले १ विकेट लिए । प्रतियोगितामा हङकङसँगको दोस्रो खेल आइतबार खेल्ने छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.