logo

वातावरण संरक्षणर सम्वद्र्धन उपमहानगरको प्राथमिकतामा -नगर प्रमुख डा. पौडेल

      12/16/2017 गते 00 00 मा प्रकाशित     1839   पटक पढिएको

सिमरा, १ पुस ः जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले वातावरण संरक्षण र सम्वद्र्धन उपमहानगरको प्राथमिकतामा रहेको बताएका छन् । 
सिमरास्थित थानीमाई वन उपभोक्ता तथा सरसफाई समितिको १२औं वार्षिक साधारण सभालाई शनिवार सम्बोधन गर्दै नगर प्रमुख डा. पौडेलले उपमहानगरलाई प्रदुषणमुक्त बनाउनका लागि सामुदायिक वनहरुसंग सहकार्य गरेर अघि बढ्ने बताए । 


फोहोरमैलाको दीर्घकालीन व्यवस्थापनका लागि उपमहानगरले काम गरिरहेको भन्दै नगर प्रमुख डा .पौडेलले थानीमाई सामुदायिक वन परिसरलाई ग्रिनपार्क बनाएर आन्तरिक तथा बाह्य पर्यटक भित्राउनका निम्ति सहकार्य गर्न उपमहानगर तयार रहेको बताए । ग्रिन पार्क निर्माणका लागि उपमहानगरले बजेट बिनियोजन समेत गसिकेको डा. पौडेलको भनाई छ । 


पर्यटन जोनमार्फत जीतपुरसिमरा उमहानगरलाई समृद्ध महानगर बनाउन आन्तरिक आयवृद्धि गर्ने डा. पौडेलले बताए । कार्यक्रम ब्रम्हकुमार बिजयराज सिग्देलले जीतपुरसिमरा उपमहानगरलाई स्वच्छ र ग्रिन सिटि बनाउनका निम्ति उपमहानगर र नगरबासीले भुमिका खेल्नुपर्ने बताए । 


कार्यक्रममा संस्थाले नगर प्रमुख डा. पौडेल, उपप्रमुख सरस्वती चौधरी, वडाअध्यक्ष हिराबहादुर गुरुङ, तिलक श्रेष्ठ, जगन्नाथ घिमिरे, ईश्वर खत्रीलगायतलाई सम्मान गरेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष माधव त्रिपाठीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.