logo

कबड्डी प्रतियोगितामा  विद्या सदन, कंचनजंघा र गौतम विजयी

      1/6/2018 गते 00 00 मा प्रकाशित     1728   पटक पढिएको

बीरगंज २२ पुष ।
वीरगन्जमा शुक्रबार देखि शुरु भएको दोश्रो अन्तर विद्यालय स्तरीय कबड्डी प्रतियोगितामा दोस्रो दिन विद्या सदन, कंचनजंघा र गौतम माविले विजयी भएका छन् ।

 

  दोस्रो दिनको खेलमा आरबी केडिया स्कुललाइ ३ अंकले पराजित गर्दै गौतम माविले विजयी गरेको हो । निर्धारित २० मिनेटको खेलमा गौतम माविले ३० र डिएभी माविले २७ अंक प्राप्त गरेको थियो ।  

                           

खेलको म्यान अफ दी म्याच आरबी केडिया स्कुलका भेभहब सिंह घोषित भए । छात्र तर्फ नै शनिबार भएको अर्को खेलमा विद्या सदन मावि विजयी भएको छ । विद्या सदन माविले मुनलाइट माविलाई २४ अंकले हराएको हो । विद्या सदन माविले ३७ अंक प्राप्त गर्दा मुनलाइट माविलाइ भने १३ अंकमा नै चित्त बुझाउनु परयो  ।

 

उक्त खेलको म्यान अफ दी म्याच विद्या सदन माविका बरकत सागर चौधरी घोषित भए । यसैगरि छात्रा तर्फ शनिबार भएको खेलमा कंचनजंघा मावि विजयी भएको छ । कंचनजंघा माविले डिएभी माविलाइ २५ अंकले पराजित गरेको हो । निर्धारित ३० मिनेटको खेलमा कंचनजंघा माविले ६१ र डिएभी माविले ३६ अंक प्राप्त गरयो । छात्रा तर्फको खेलको म्यान अफ दी म्याच कंचनजंघा माविकी रिया गुप्ता घोषित भइन् ।

 

छात्र तर्फ नै शनिबार भएको अन्तिम खेलमा कंचनजंघा मावि विजयी भएको छ । कंचनजंघा माविले मिनिल्याण्ड माविलाई २८ अंकले हराएको हो । कंचनजंघा माविले ४५ अंक प्राप्त गर्दा मिनिल्याण्ड माविलाइ भने १७ अंकमा नै सिमित गर्न सफल रहयो । उक्त खेलको म्यान अफ दी म्याच कंचनजंघा माविका रितिक पटेल घोषित भए ।

 

आइतबार नै छात्रा तर्फ कादम्बरी एकडमी र वीरगंज पब्लिक मावि बिच खेल हुने त्यसैगरी छात्र तर्फ ४ वटा खेलमा विद्या सदन र वीरगंज पब्लिक मावि, मिनिल्याण्ड र मुनलाइट, जिएचपि मावि र डिएभि र अंतिम खेल गौतम मावि र कादम्बरी एकडमी बिच खेल हुने प्रतियोगिताका संयोजक अमित अग्रवालले जानकारी दिए । पुष २९ गते सम्म चल्ने प्रतियोगितामा वीरगन्जका १० वटा निजी विद्यालयका छात्र र छात्राको गरि १९ वटा टिमले भाग लिएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.