logo

रुस्लान सीमरा गोल्डकपको पहिलो खेलमा अयोजक नवजागृती बिजयी

      2/8/2018 गते 00 00 मा प्रकाशित     1697   पटक पढिएको

सीमरा २५ माघ ।  रुस्लान नवौं सिमरा गोल्डकपको पहिलो खेलमा आयोजक नवजनजागृति युवा क्लबले विजयी सुरुवात गरेको छ । बाराको सिमरा रंगशालामा बिहीबार हेटौंडाको विजय युथ क्लबलाई ४–१ ले हराउँदै नवजनजागृति  क्वार्टरफाइनलमा पुगेको हो ।


आयोजकको जितमा विशन गुरुङ, त्रिदेव गुरुङ, धिरज श्रेष्ठ र अफ्रिकी खेलाडी भिक्टर आमोहिले गोल गरे । हटौंडाका लागि एकमात्र सान्त्वना गोल अमिर श्रेष्ठले गरेका थिए । 

८० मिनटमा छोट्याईएको खेलको ४४ औं मिनटमा हेटौडाका अमिर श्रेष्ठले बराबरी गोल गरे । सिमराका शौरभ मगरले गोलकिपर विशाल श्रेष्ठलाई दिएको पासमा अमिरले गोल गरेका हुन् । शौरभको फितलो प्रहारको फाइदा उठाउँदै अमिरले बराबरी गोल गरका हुन् ।

 

आयोजकको घरेलु मैदानमा बराबरी पछि उत्साहित हेटौंडाका समर्थकहरुलाई निराश बनाउँदै धिरजले ५२ औं मिनटमा गोल गरेपछि हेटौंडा दबाबमा पर्यो । अन्तिम तिर भिक्टरले गोल थपे । इन्जुरी समयमा त्रिदेवले गोल गरेपछि आयोजकले फराकिलो जित दर्ता गर्यो । म्यान अफ दी म्याच बनेका त्रिदेवले ५ हजार रुपैयाँ प्राप्त गरे ।

 

प्रतियोगितामा शुक्रबार आयोजक नवजनजागृती यूवा क्लबको एनजेजेवाईसि ‘निलो’ र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबले अन्तिम समयमा आएर प्रतियोगितामा भाग नलिने जनाएपछि आयोजकले २ टोली उतारेको हो।

 

त्यसअघि चर्चित हास्य कलाकार एवं समाजसेवी सिताराम कट्टेल र कुञ्जना घिमिरेले प्रतियोगिताको उदघाटन गरेका थिए । उदघाटन कार्यक्रममा उपस्थित अतिथिहरुलाई सिमराका विभिन्न नीजि विद्यालयबाट आएका विद्यार्थीहरुले बाजागाजा सहित स्वागत गरेका थिए ।

 

आयोजक क्लबका अध्यक्ष कासिम मियाँको अध्यक्षता भएको उद्घाटन सत्रमा पूर्व यूवा तथा खेलकुद मन्त्री पुरुषोतम पौडेल, प्रदेश सभा सदस्यहरु सुन्दर विश्वकर्मा, ज्वाला साह, सिता गुरुङ्ग, शोभा लामा लगायतको उपस्थिति थियो । प्रेस संयोजक सुनील गाउँलेले  कार्यक्रमको सहजीकरण गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.