logo

क्यारिबियन लिगमा पनि सन्दीप

      3/1/2018 गते 00 00 मा प्रकाशित     1718   पटक पढिएको

क्यारिबियन लिगमा पनि सन्दीप

हालै विश्व क्रिकेटको सबैभन्दा ठूलो व्यवसायिक प्रतियोगिता मानिने इन्डियन प्रिमियर लिगमा छानिएका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने क्यारिबियन प्रिमियर लिगका लागि पनि छानिएका छन्।

क्यारिबियन क्षेत्रको लोकप्रिय उक्त क्रिकेट लिगका लागि उनलाई सेन्ट किट्स एण्ड नेभिस पेट्रिओट्स नामक टोलीले खरिद गरेको हो।

वेष्ट इन्डिजका विश्व चर्चित खेलाडी क्रिश गेलको नेतृत्वमा रहेको उक्त टोलीले सन्दीपलाई पाँच हजार डलरमा खरिद गरेको हो।

क्यारिबियन लिग क्रिकेट टोलीमा छनोट भएकोमा आफू खुसी भएको प्रतिक्रिया लामिछानेले सामाजिक सञ्जाल ट्विटरमा दिएका छन्।

खुसी

उनले लेखेका छन्, "सेन्ट किट्स एण्ड नेभिस पेट्रिओट्सले मलाई विश्वास गरेकोमा धन्यवाद दिन चाहन्छु, साथै मेरा सबै प्रशंसक र शुभचिन्तकलाई पनि धन्यवाद भन्न चाहन्छु।"

यसअघि लामिछानेलाई गएको ज्यानुअरीमा २० लाख भारतीय रूपैयाँमा दिल्ली डेयरडेभिल्स क्लबले इन्डियन प्रिमियर लिगका लागि खरिद गरेको थिय

उनी आइपिएलमा छनोट भएका पहिलो नेपाली खेलाडी हुन्।

आइपीएलमा पहिलोपटक नेपाली खेलाडी

विश्वकप छनोट क्रिकेट: अवसर र चुनौती दुवै

अन्तराष्ट्रिय क्रिकेट परिषद् आइसीसीले १७ वर्षीय लामिछानेलाई नेपाली क्रिकेट टोलीका उदाउँदा नायक भनेको छ।

उत्कृष्ट

हालै नामिबियामा सम्पन्न विश्व डिभिजन दुई क्रिकेटमा प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका उनले १७ विकेट लिएका थिए।

उक्त प्रतियोगितामा उनले गरेको प्रदर्शनले नेपाललाई यसै महिना जिम्बाब्वेमा शुरू हुन लागेको विश्व कप क्रिकेट छनोट प्रतियोगितासम्म डोर्याउन सफल भएको थियो।

लेग स्पिनर लामिछानेको 'लेगब्रेक गुगली' शैली उनको विशेषता मानिन्छ ।

उनको खेल्ने तरिकालाई अष्ट्रेलियाका चर्चित खेलाडी शेन वार्नसँग दाँज्ने गरिन्छ।

सन् २०१६ मा नामिबियाको खेलबाट राष्ट्रिय टोलीमा खेल्न थालेका सन्दिपले १९ वर्ष भन्दा कम उमेर समूहको विश्वकपमा आयरल्याण्डविरुद्ध 'ह्याट्रिक' विकेट लिएर चर्चा कमाएका थिए।

संभार ःबिबिसी नेपाली 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.