logo

वीरगंजमा  हुने पाँचौ म्याराथन दौडमा ,अन्तर्राष्ट्रीय ब्यक्तित्वको सहभागिता रहने 

      4/19/2018 गते 00 00 मा प्रकाशित     1765   पटक पढिएको

वीरगंज,६ वैशाख÷
पर्सा जिल्ला एथलेटिक्स संघ वीरगंजले आउदो शनिवार राष्ट्रिय स्तरको ‘नेपाल आइस पाँचौ वीरगंजसिटी हाफ म्याराथन’ दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।

 

कार्यक्रम बारे आज नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो  ।

 

विहान ६ बजे देखि ९ बजे सम्म आयोजना हुने कार्यक्रममा नेपालका अन्तर्राष्ट्रिय म्याराथन धावक बैकुन्ठ मानन्धर,माल्दिभ्सका धावक मोहम्द सिफाज,नेपाली सेना,प्रहरी ,सशस्त्र प्रहरीका धावक तथा राष्ट्रिय एवं स्थानीय खेलाडी गरी करिब ३ सय खेलाडीहरु सहभागी हुने संघका अध्यक्ष शैलेन्द्र पाण्डेले जानकारी दिए  ।

 

प्रतियोगितामा घण्टाघरबाट छपकैया पोखरी,रेल्वे रोड हुदे घण्टाघर भएर परवानीपुर प्रहरी चेक प्वाइन्टबाट पुनः घण्टाघरमा फर्केर २१ दशमलव १ किलोमिटरको दुरी पुरा गरिने छ ।

 

नेपाल फुटबल संघका प्रशिक्षक एवं वीरगंजका पुराना खेलाडी हरिबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा पुर्व एथलेटिक्टस खेलाडी मोहम्द ईस्लाम शेख,नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारीलगायतले वीरगंजको खेलकुद इतिहास र आफना अनुभवको बारेमा मन्तव्य व्यक्त गरेका थिए ।

 

सो अवसरमा नेपालकै पहिलो कान्छो म्याराथन धावक(१५ वर्षमै राष्ट्रिय स्तरमा म्याराथन खेलेर पदक जितेको)वीरगंजका श्याम मण्डल,एथलेटिक्स संघ पर्साका उपाध्यक्ष अजय पटेल,कोषाध्यक्ष निमेश पटेल,वीरगंको विद्यासदन माविका एथलेटिक्स खेलाडीहरुको सहभागिता थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.