logo

मेयर कपको उद्घाटन खेलमा वडा नं. १ र ११ बिजयी

      5/31/2018 गते 00 00 मा प्रकाशित     1553   पटक पढिएको

सिमरा  १७ जेष्ठ । सामुदायिक बिकासशील क्लबको आयोजनामा सुरु भएको प्रथम मेयर कप फूटवल प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. १ र वडा नम्बर ११ बिजयी भएको छ । 


जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा आयोजित प्रतियोगिताको पहिलो दिनको खेलमा वडा नं. १ ले वडा नं. १३ लाई ३–० गोलले पराजित गरेको हो । वडा नं. ११ ले वडा नं. ६ लाई सडन डेथमा पराजित ग¥यो । वडा नं. १ लाई जित दिलाउन निरज मगर, उत्सव कंसकार र प्रशान्त चौधरीले समान १÷१ गोल गरेका थिए । 


निर्धारित ५० मिनेटको खेलमा वडा नं. १ ले खेलको ९ औं मिनेटमा अग्रता लिएको थियो । उत्कृष्ट लयमा देखिएको वडा नं. १ ले दुई गोल दोस्रो हाफमा गरेको हो । वडा नं. १ ले वडा नं. १३ को अधिकांश प्रयास बिफल तुल्याएको थियो । 
खेलको म्यान अफ दि म्याच वडा नं. १ का निरज मगर घोषित भए । यसैगरी दोस्रो खेलमा वडा नं. ११ ले वडा नं. ६ लाई सडन डेथमा पराजित गरेको छ । रोमाञ्चक प्रतिस्पर्धामा दुबै टिमले गोल गर्न नसकेपछि खेल टाईब्रेकर हुदै सडन डेथमा पुगेको हो । 


सडन डेथमा वडा नं. ११ का बिजयी गोल दीपलाल रायले गरेका थिए । वडा नं. ६ का युराज अंसारीको प्रहार पोष्टमा ठोक्किन पुगेको थियो । यसअघि टाईब्रेकरमा दुबै टिमले ४–४ गोल गरेका थिए । 


टाईब्रेकरमा वडा नं. ११ का लागि कप्तान रामानन्द बछार, बृजमोहन चौधरी, विनय चौधरी र गोलरक्षक जयराम चौधरीले गोल गरेका थिए । पर्शुराम चौधरीको प्रहार वडा नं. ६ का गोलरक्षक मनोज थापाले बचाउ गरेका थिए । वडा नं. ६ का लागि टाईब्रेकरमा अबिनाश कुमार, अक्की सिंह, कप्तान विरेन्द्र चौधरी र राजिब सिंहले गोल गरे । दिलिप माझीको प्रहार वडा नं. ११ का गोलरक्षक जयराम चौधरीले नियन्त्रणमा लिएका थिए । 


उद्घाटन खेलमा जित हात पारेका दुबै टिमले सेमिफाईनल प्रवेशका लागि बुधवार प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता अन्तर्गत शुक्रवार वडा नं. २ र वडा नं. १८ बीच पहिलो खेल हुनेछ । दोस्रो खेलमा वडा नं. २१ र वडा नं. १५ बी प्रतिस्पर्धा हुनेछ । 


नेपाल खेलकुद पत्रकार मञ्च प्रवद्र्धक रहेको प्रतियोगिताको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले गरेका थिए ।  


कार्यक्रममा बोल्दै उपमेयर सरस्वती चौधरी जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवकुमार कार्की, जीतपुरसिमरा उपमहानगरपालिकाका २४ वटै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, विभिन्न राजनितिक दलका नेता, विभिन्न सामाजिक तथा शैक्षिक संघसंस्थाका प्रतिनिधि, स्थानियको उपस्थिती रहेको थियो ।  


 कार्यक्रम सामुदायिक बिकासशील क्लबका अध्यक्ष दिपक भट्टाराईको अध्यक्षतामा सम्पन्न भएको थियो । 
कार्यक्रममा क्लबका सचिव निरज पुडासैनीले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रमको सहजीकरण नेपाल खेलकुद पत्रकार मञ्च बाराका अध्यक्ष सुनिल गाउलेले गरेका थिए । कार्यक्रममा सिमरास्थित न्यु एकता बोर्डिङ स्कुलका विद्यार्थीले सांगितिक प्रस्तुती दिएका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.