logo

प्रथम मेयर कप फूटवल ,वडा नं. १ र २ उपाधीका लागि भिड्ने

      6/14/2018 गते 00 00 मा प्रकाशित     1480   पटक पढिएको

सिमरा, ३१ जेष्ठ । सिमरामा जारी जीतपुरसिमरा उपमहानगर स्तरीय प्रथम मेयर कप फूटवलको उपाधीका लागि वडा नं. १ र वडा नं. २ भिड्ने भएका छन् ।


सिमरा रंगशालामा विहिवार भएको दोस्रो सेमिफाईलन खेलमा जीत हात पार्दै वडा नं. २ ले वडा नं. १ संगको उपाधी भिडन्त पक्का गरेको हो । वडा नं. १२ लाई पराजित गर्दै वडा नं. १ यसअघि नै प्रतियोगिताको अन्तिम दुईमा प्रवेश गरिसकेको छ । 


दोस्रो सेमिफाईनल खेलमा वडा नं. २ ले वडा नं. ५ लाई टाईब्रेकरमा ४–२ ले पराजित गरेको छ । निर्धारित समयमा दुबै टिमले ११ को बराबरी खेलेपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । 


प्रतियोगिताकै बलियो टोलि मानिएको वडा नं. ५ लाई टाईब्रेकरमा पराजित गर्ने क्रममा वडा नं. २ का लागि सुशान्त लामा, प्रकाश श्रेष्ठ, अभय लामा र उमेश श्रेष्ठले गोल गरे । वडा नं. ५ का लागि श्रीराम चौधरी र कृपा चौधरीको प्रहारले मात्र जाली चुम्यो । वडा नं. ५ का अस्मीत चौधरीको प्रहार पोष्टमा ठोक्किदा रामएकवाल चौधरीको प्रहार बाहिरिएको थियो । 


यसअघि निर्धारित ७० मिनेटको खेलमा वडा नं. २ ले अग्रता लिएको थियो । खेलको १७औं मिनेटमा बिवश गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । बलियो टोली वडा नं. ५ विरुद्ध उत्कृष्ट प्रदर्शन गरेको वडा नं. २ ले केही अवसर गुमाउन पुग्दा जीतका लागि टाईब्रेकरसम्म संघर्ष गर्नुप¥यो । 


प्रतियोगिता अवधीभर उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाईनल प्रवेश गरेको वडा नं. ५ दवावमा देखियो । पहिलो हाफमा खासै अवसर सिर्जना गर्न नसकेको वडा नं. ५ ले दोस्रो हाफमा आक्रामक प्रदर्शन गर्दै केही अवसर बनाएपनि फिनिसिङमा चुक्न पुगेको थियो । 


अन्तिम समयसम्म संघर्ष गरेको वडा नं. ५ ले ईन्जुरी समयमा गोल गर्दै खेल बराबरीमा ल्याएको थियो । निर्धारित समय सकिएपछि थपिएको चार मिनेट ईन्जुरी समयको अन्तिममा वडा नं. ५ का लागि सुजित चौधरीले गोल गरेका थिए । सुजितको प्रहार रोक्न वडा नं. २ का गोलरक्षक असफल देखिए । 


सुजित खेलको म्यान अफ दि म्याच घोषित भए । उनलाई वडा नं. २ का अध्यक्ष तिलक श्रेष्ठ, कार्यपालिका सदस्य शोभा कार्कीलगायतले ट्रफि वितरण गरेका थिए । फाईलन प्रवेश गरेको वडा नं. २ ले अब उपाधीका लागि असार २ गते वडा नं. १ संग प्रतिस्पर्धा गर्नेछ । 


जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा सामुदायिक बिकासशील क्लबले आयोजना गरेको प्रतियोगिताको बिजेताले ५० हजार र उपबिजेताले २५ हजार प्राप्त गर्नेछ । जेष्ठ १७ गतेदेखी सुरु भएको प्रतियोगितामा उपमहानगरको २४ वटा वडाको सहभागिता रहेको थियो । 


यसैगरी फाईलन अघि सिमरा रंगशालामा शुक्रवार दुई मैत्रीपूर्ण फूटवल खेल हुने भएका छन् । पहिलो मैत्रीपूर्ण खेल पत्रकार र मेयर कप फूटवल आयोजक सामुदायिक बिकासशील क्लबबीच हुनेछ भने दोस्रो सेमिफाईनल खेलमा उपमहानगरको जनप्रतिनिधि र कर्मचारी भिड्नेछन् ।  
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.