logo

सीमरामा मेयर कप फूटवल प्रतियोगीता सकियो उपाधीमाथी वडा नं. १ को कब्जा

      6/16/2018 गते 00 00 मा प्रकाशित     1652   पटक पढिएको

सिमरा २, असार । जीतपुरसिमरा उपमहानगर स्तरीय प्रथम मेयर कप फूटवल प्रतियोगिताको उपाधी वडा नं. १ ले उचालेको छ । 
सिमरा रंगशालामा शनिवार भएको फाईनल खेलमा वडा नं. २ लाई १–० ले पराजित गर्दै वडा नं. १ ले उपाधी उचालेको हो । वडा नं. १ लाई उपाधी जिताउने क्रममा पुजन श्रेष्ठ नायक सावित भए । 


रोमाञ्चक फाईनल भिडन्तमा पुजनले निर्णायक गोल गरे । खेलको ६० मिनेटमा पुजनले गरेको गोल निर्णायक बन्न पुग्यो । पुजन खेलको म्यान अफ दि म्याच घोषित भए । 


उपाधी बिजेता वडा नं. १ ले ५० हजार प्राप्त गरेको छ भने उपबिजेता वडा नं. २ ले २५ हजार पाएको छ । बिजयी खेलाडीलाई प्रदेश सभा सदस्य शोभा लामा, जीतपुरसिमरा उमपहानगरपालिकाका मेयर डा. कृष्ण पौडेल, उपमेयर सरस्वती चौधरी, वडा नं. १ का अध्यक्ष हिराबहादुर गुरुङ, कार्यपालिका सदस्य सुभद्रा न्यौपानेलगायतले पुरस्कार वितरण गरेका थिए । 


प्रतियोगिताको सर्वोत्कउष्ट खेलाडी वडा नं. १ का निरज थापा मगर घोषित भएका छन् । उनले ११ हजार प्राप्त गरे । उत्कृष्ट फरर्वाडको उपाधी समेत निरजकै नाममा रहयो । प्रतियोगिता अवधीभर ४÷४ गोल गरेका निरज थामामगर र वडा नं. ५ का कृपा चौधरीले सर्वाधिक गोलकर्ता पुरस्कार हात पारे ।

दुबैले दुई हजार पाच सय प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट डिफेन्स वडा नं. १ का रोहन लामा, उत्कृष्ट गोलरक्षक वडा नं. १ का रोहन मगर र उत्कृष्ट मिडफिल्डको पुरस्कार वडा नं. २ का प्रज्वल थापामगरले हात पारेका छन् । विधागत पुरस्कार बिजेता खेलाडीलाई पाच हजार नगदले पुरस्कृत गरिएको थियो । 


जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा सामुदायिक बिकासशील क्लबले आयोजना गरेको प्रतियोगिताको फाईनल खेलको उद्घाटन प्रदेश सभा सदस्य सुन्दर बिश्वकर्मा, सिता गुरुङ, शोभा लामा, जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. पौडेल, उपमेयर चौधरीलगायतले गरेका थिए ।

 

उद्घाटन समारोहमा विभिन्न राजनितिक दलका प्रतिनिधि, जीतपुरसिमरा उपमहानगरपालिकाका कार्यपालिका सदस्यसहित जनप्रतिनिधि, स्थानिय संघसंस्थाका प्रतिनिधि, स्थानिय अगुवालगायतको उपस्थिती रहेको थियो । 
कार्यक्रममा प्रतियोगिताको प्रवद्र्धकको रुपमा रहेको नेपाल खेलकुद पत्रकार मञ्च बारा, शान्तिसुरक्षा प्रदान गर्ने ईलाका प्रहरी कार्यलय सिमरा, सशस्त्र प्रहरी बेस क्याम्प जीतपुर र विभिन्न ब्यक्तित्वलाई मायाको चिनो प्रदान गरिएको थियो ।

 

क्लबका अध्यक्ष दिपक भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सुनिल गाउलेले गरेका थिए भने स्वागत मन्तब्य सचिव निरज पुडासैनीले राखेका थिए । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.