logo

बाराको निजगढमा पहिलोपटक राष्ट्रिय तेक्वान्दो प्रतियोगिता  शुरु हुँदै

      6/21/2018 गते 00 00 मा प्रकाशित     1824   पटक पढिएको

निजगढ ७ असार । 
बाराको निजगढमा शुक्रबारबाट प्रथम निजगढ राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको हुने भएको छ । 


प्रतियोगिता आयोजक निजगढ तेक्वान्दो डोजाङले विहिबार निजगढ स्थित कभर्ड हलमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिता बारे जानकारी दिएको हो । 


शुक्रबार र शनिवार गरि दुई दिन सञ्चालन हुने प्रतियोगितामा सातवटा प्रदेश र आयोजक गरि कुल ८ टिमको सहभागिता रहनेछ । 
पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक बसन्त लामाले विभिन्न १३ तौल समुहका विचमा प्रतिष्पर्धा हुने जानकारी दिए । ‘महिला तर्फ ६ तथा पुरुष तर्फ ७ गरि कुल १३ तौल समुहमा प्रतिष्पर्धा हुँदैछ’ लामाले भने । 
महिला तर्फ ४२, ४६, ५३, ५७, ६२ र ७३ केजी तौल समुह रहनेछन् भने पुरुष तर्फ २५, ३३, ४५, ५४, ५८, ६३ र ७४ केजी तौल समुहविच स्पर्धा हुनेछ । 


प्रतियोगिता संयोजक लामाका अनुसार प्रतियोगितामा सहभागि हुन ७ वटै प्रदेशका टोली निजगढ आइसकेका छन् । शुक्रबार विहान निजगढ स्थित कभर्डहलमा प्रतियोगिताको उद्घाटन हुँदैछ । तेक्वान्दोको राष्ट्रिय स्तरको प्रतियोगिता बारामा पहिलोपटक आयोजना हुन लागेको संयोजक लामाले बताए । 


निजगढ नगरपालिकाको सहयोगमा सञ्चालन हुन लागेको प्रतियोगिताको सह आयोजकमा नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिती बारा र प्रवद्र्धकमा नेपाल खेलकुद पत्रकार मञ्च बारा रहेका छन् । 


पत्रकार सम्मेलनमा नेपाल तेक्वान्दो संघका २ नम्बर प्रदेश संयोजक गुरुप्रसाद गौतम, बारा जिल्ला सदस्य चित्र लामा, प्रशिक्षक हेमलाल श्रेष्ठ, नेपाल खेलकुद पत्रकार मञ्च बाराका अध्यक्ष सुनील गाउँले लगायतको उपस्थिति रहेको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.