logo

बाराको निजगढमा पहिलोपटक राष्ट्रिय तेक्वान्दो प्रतियोगिता  शुरु हुँदै

      6/21/2018 गते 00 00 मा प्रकाशित     1687   पटक पढिएको

निजगढ ७ असार । 
बाराको निजगढमा शुक्रबारबाट प्रथम निजगढ राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको हुने भएको छ । 


प्रतियोगिता आयोजक निजगढ तेक्वान्दो डोजाङले विहिबार निजगढ स्थित कभर्ड हलमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिता बारे जानकारी दिएको हो । 


शुक्रबार र शनिवार गरि दुई दिन सञ्चालन हुने प्रतियोगितामा सातवटा प्रदेश र आयोजक गरि कुल ८ टिमको सहभागिता रहनेछ । 
पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक बसन्त लामाले विभिन्न १३ तौल समुहका विचमा प्रतिष्पर्धा हुने जानकारी दिए । ‘महिला तर्फ ६ तथा पुरुष तर्फ ७ गरि कुल १३ तौल समुहमा प्रतिष्पर्धा हुँदैछ’ लामाले भने । 
महिला तर्फ ४२, ४६, ५३, ५७, ६२ र ७३ केजी तौल समुह रहनेछन् भने पुरुष तर्फ २५, ३३, ४५, ५४, ५८, ६३ र ७४ केजी तौल समुहविच स्पर्धा हुनेछ । 


प्रतियोगिता संयोजक लामाका अनुसार प्रतियोगितामा सहभागि हुन ७ वटै प्रदेशका टोली निजगढ आइसकेका छन् । शुक्रबार विहान निजगढ स्थित कभर्डहलमा प्रतियोगिताको उद्घाटन हुँदैछ । तेक्वान्दोको राष्ट्रिय स्तरको प्रतियोगिता बारामा पहिलोपटक आयोजना हुन लागेको संयोजक लामाले बताए । 


निजगढ नगरपालिकाको सहयोगमा सञ्चालन हुन लागेको प्रतियोगिताको सह आयोजकमा नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिती बारा र प्रवद्र्धकमा नेपाल खेलकुद पत्रकार मञ्च बारा रहेका छन् । 


पत्रकार सम्मेलनमा नेपाल तेक्वान्दो संघका २ नम्बर प्रदेश संयोजक गुरुप्रसाद गौतम, बारा जिल्ला सदस्य चित्र लामा, प्रशिक्षक हेमलाल श्रेष्ठ, नेपाल खेलकुद पत्रकार मञ्च बाराका अध्यक्ष सुनील गाउँले लगायतको उपस्थिति रहेको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.