logo

सिमरा गोल्डकपः हिमालयन शेर्पा पुलिसलाई हराउदै सेमीफाइनलमा 

      1/21/2019 गते 00 00 मा प्रकाशित     1634   पटक पढिएको

विभागिय टिम नेपाल पुलिसलाई स्तव्ध पार्दै हिमालयन शेर्पा क्लब सिमरामा जारी रुस्लान दशौं सिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । 


सिमरा रङ्गशालामा सोमबार भएको खेलको अन्तिम समयमा दुई गोल गर्दै शेर्पाले पुलिस लाई पराजीत गरेको हो ।  खप्तड गोल्डकपको उपाधि उचालेर धनगढीबाट सिमरा आइपुगेको पुलिस क्लब स्टार खेलाडी चल्न नसक्दा सिमरा गोल्डकपको पहिलो खेलबाटै घर फर्कन बाध्य भयो । 


हिमालयन शेर्पाको जितमा त्रिदेव गुरुङ र विश्वास श्रेष्ठले एक÷एक गोल गरे  । खेलको ८६ औं मिनटमा शेर्पाका लागि त्रिदेवले खाता खोलेका थिए । लगत्तै विश्वासले इन्जुरी समयको अन्तिम समयमा एक गोल गर्दै २–० को जित दिलाए । 


विश्वास श्रेष्ठ पुलिस विरुद्धको खेलमा म्यान अफ दि म्याच घोषित हुँदै १० हजार नगद हात पार्न सफल भए । पुलिसका तेज तामाङ, रवि पासवान, अभिषेक रिजाल जस्ता चर्चित खेलाडीले सम्झन लायक प्रदर्शन गर्न सकेनन् । खेलमा पुलिसले हिमालयनविरुद्ध आकर्षक अवसर बनाउन सकेन ।


हारपछि पुलिसका प्रशिक्षक अनन्त थापाले थकानका कारण खेलाडीले सोचेजस्तो प्रदर्शन गर्न नसकेको बताए । हिमालयन शेर्पाका प्रशिक्षक सुवास लिम्बुले टिमका केहि खेलाडी बाहिर रहेकाले सोंचेजस्तो प्रदर्शन हुन नसकेपनि जीतबाट सन्तुष्ट रहेको बताए । 


प्रतियोगिता अन्तर्गत मंगलबार अन्तिम क्वाटरफाईनल खेलमा आठौं संस्करणको विजेता संकटाले रुस्लान थ्रिस्टार क्लबको सामना गर्नेछ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.