logo

दौड बीरगंज दौड, अन्दरदेशीय म्याराथानको उपाधी घडीअर्वाका साहले जिते 

      9/28/2019 गते 00 00 मा प्रकाशित     1645   पटक पढिएको

वीरगंज,११ असोज । वीरगन्जमा शनिवार आयोजित अन्तरदेशीय म्याराथनको उपाधि अनिलकुमार साहले जितेका छन्। पर्सा जिल्ला एथलेटिक्स संघले आयोजना गरेको म्याराथनको उपाधि वीरगन्ज १० घडीअर्वाका १९ वर्षीय साहले जितेका हुन्।

दम्याराथनको १० किलोमिटर दुरी उनले ३७ मिनेट ५६ सकेण्डमा पुरा गरेका हुन्। म्याराथनमा रौतहटको कटहरीया नगरपालिका १ भसेडवाका १४ वर्षीय आदेशकुमार यादव दोश्रो र वीरगन्ज ३ छपकैयाका १८ वर्षीय महम्मद ओसामा हवारी तृतीय भएका छन्।

१० किलोमिटर दुरी यादवले ३८ मिनेट ४२ सेकेण्डमा र हवारीले ३९ मिनेट ५९ सेकेण्डमा पुरा गरेका हुन्। म्याराथनको उपाधि विजेता साहले मेडल सहित ११ हजार रुपैयाँ नगद पुरस्कार पनि पाएका छन्। दोश्रो भएका यादवलाई भने मेडलसहित नगद ५ हजार र तेश्रो भएका हवारीलाई नगद तीन हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको आयोजक एथलेटिक्स संघका अध्यक्ष वीरेन्द्र पटेलले जानकारी दिए।

यस्तै म्याराथनमा महिलातर्फको उपाधि भने वीरगन्जकी संगीता यादवले जितेकी छन्। उनले १० किलोमिटरको दुरी ४८ मिनेट १७ सेकेण्डमा पुरा गरेकी हुन्। महिलातर्फ रेहाना खातुन द्वितीय र नाजिया हुसन सिद्धिकी तृतीय  भएकी छन्।

पहिलो, दोश्रो र तेश्रो भएकालाई पनि क्रमश ११ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार र मेडल प्रदान गरिएको अध्यक्ष पटेलले बताए। खुल्ला म्याराथन प्रतियोगितामा पुरुष र महिला गरी एक सय २५ जनाले भाग लिएको एथ्लेटिक्स प्रशिक्षक विश्वेश्वर पटेलले जानकारी दिए।म्याराथन प्रतियोगिताको उद्घाटन सामाजिक अभियन्ता प्रकाश थारुले गरेका थिए।वीरगन्जको घण्टाघर चोकबाट सुरु भएको दौड प्रतियोगिता माइस्थान, आदर्शनर, अलखीयामठ, घडीअर्वा, मुर्ली, पावरहाउस चोक हुँदै गण्डक चोकमा रहेको शहिद तेज बहादुर अमात्यको शालिकस्थलबाट फर्किएर पुन घण्टाघर चोकमै पुगेर सकिएको थियो। 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.