logo

वीरगन्ज तेश्रो मेयर कप खेलकुद आजबाट शुरु,प्रतियोगिता एक महिनासम्म चल्ने

 इसीमाना सम्वाददाता     २०७८ फागुन १४ गते ०७: १९ मा प्रकाशित     1038   पटक पढिएको

वीरगन्जमा आजदेखि मेयर कप खेलकुद प्रतियोगिता शुरु भएको छ । वीरगन्जको आदर्शनगरमा शुरु भएको प्रतियोगिताको मधेस प्रदेशका खानेपानी तथा उर्जा विकास मन्त्री ओमप्रकाश शर्माले उदघाटन गर्नुभएको छ ।

 

प्रतियोगिताको उदघाटन समरोहमा विभिन्न निजी तथा सामुदायिक विद्यालयहरुले मार्चपास गरेका थिए । मार्च पासमा जिएचपी मावि पहिलो, मनकामना मावि दोस्रो सिद्वार्थ माबि तेश्रो भएका छन् । उनीहरुलाई प्रमुख अतिथि लगायत अतिथि हरुले पुरस्कार वितरण गरेका थिए ।

 

उदघाटन समारोहमा औपचारिक कार्यक्रमको समापन गर्दै वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले विद्यार्थीहरुलाई अध्ययन अध्यापन बाहेक अतिरिक्त क्रियाकलापमा पनि सहभागिता गराउने उद्देश्यले तीनबर्षदेखि मेयर कप ठुलो बजेट खर्च गरेर खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको बताउनुभयो ।

 

उहाँले खेलकुदको विभिन्न विधामा प्रतिस्पर्धा रहेको प्रतियोगिता एक महिनासम्म चल्ने जानकारी दिदै विद्यार्थीहरुको अध्ययन पनि जारी नै रहेकोले त्यसलाई प्रभावित नहुने गरी प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । उहाँले खेलकुदले व्यक्तिको शारिरिक र मानसिक स्वास्थ्य बलियो बनाउनुका साथै व्यत्तित्व विकासमा पनि सहयोग पु¥याउने बताउनुभयो ।

 

वीरगन्ज महानगरपालिकाका प्रमुख सरावगीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य करिमा वेगम, महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की, महानगरका प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डे, शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्ण, प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधान, एन–प्याब्सनका पर्सा अध्यक्ष रामराज श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.