logo

चितवनलाई पन्छाउदै बाग्मती क्वार्टरफाइनलमा

 इसीमाना सम्वाददाता     २०७८ चैत १२ गते ०७: १४ मा प्रकाशित     1096   पटक पढिएको

बिएफसी चितवनलाई पन्छाउदै बाग्मती युवा क्लब सर्लाही जगदम्बा १२ औं जीतपुरसिमरा गोल्डकपको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।


सिमरा रंगशालामा शुक्रवार भएको खेलमा चितवनलाई २ १ ले पराजित गर्दै बाग्मती अन्तिम आठमा प्रवेश गरेको छ । चितवनविरुद्ध रोमाञ्चक जित हात पार्ने क्रममा बाग्मतीका दिनेश चाम्लिङ राई र प्रदीप लम्सालले गोल गरे । बाग्मतीका लागि रोशन क्षेत्रीले गोल गरेका थिए ।


प्रतिस्पर्धात्मक भिडन्तमा खेलको १५औं मिनेटमा चितवनले खेलमा अग्रता लिएको थियो । रोशन क्षेत्रीले वन भर्सेस वनको अवस्थामा गोल गरे । क्षेत्रीको प्रहारलाई बाग्मतीका गोलरक्षक प्रिसोले नियन्त्रणमा लिन सकेनन् ।


चितवनले लिएको अग्रता बराबरीमा ल्याउने क्रममा बाग्मतीका दिनेश चाम्लिङ राईले खेलको २३ औं मिनेटमा गोल फर्काए । डिबक्स भित्रबाट दिनेशले गरेको प्रहार चितवनका गोलरक्षक मनोज गुरुङले ठम्याउन सकेनन् । उनको उत्कृष्ट गोलले खेलमा पुनरागमन गरेको बाग्मतीले पहिलो हाफमा चितवनलाई नियन्त्रणमा लिन सफल भयो ।


चितवनविरुद्ध पहिलो हाफमा तालमेल बनाएको बाग्मतीले विपक्षी टोलीको केही प्रयासलाई असफल तुल्याएको थियो । दोस्रो हाफमा चितवन केही लयमा देखियो । केही राम्रा अवसर बनाएपनि फिनिसिङमा चुकेको चितवनले बाग्मतीलाई दवावमा राख्यो ।


खेलको ६५औ मिनेटमा चितवनका जोहनले गोल गर्ने सुनौलो अवसर गुमाए । उनको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । दोस्रो हाफमा तालमेलको अभाव देखिएको बाग्मतीले अन्तिम समयमा भने उत्कृष्ट खेल पस्कियो । चितवनलाई स्तब्ध पार्ने क्रममा बाग्मतीले खेलको ८१औं मिनेटमा बिजयी गोल गरेको थियो । बाग्मतीका प्रदीप लम्सालले डिबक्स बाहिरबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो ।


अन्तिम समयमा अग्रता लिएपछि उत्साहित बाग्मतीले चितवनलाई पूर्ण दवावमा राख्दै नतिजा आफ्नो पक्षमा पारेको थियो । प्रतिस्पर्धात्मक खेलमा बाग्मतीविरुद्ध पराजय भएको चितवन भने प्रतियोगिताबाट बाहिरियो । खेलको म्यान अफ दि म्याच बाग्मतीका दिनेश चाम्लिङ राई घोषित भए । उनले नगद पाँच हजार हात पारे ।


प्रतियोगिता अन्तर्गत शनिवार न्युरोड टिम (एनआरटी) र विजय युथ क्लब बीच खेल हुनेछ । नव जनजागृति युवा क्लबको आयोजनामा जारी प्रतियोगिता चैत्र १९ गतेसम्म संचालन हुनेछ ।


प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले पाँच लाख प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ठ खेलाडीले मोटरसाईकल वा स्कुटर प्राप्त गर्नेछन् भने प्रतियोगिता अवधीभरी उत्कृष्ट प्रदर्शन गर्ने विधागत पुरस्कारतर्फ गोलरक्षक, डिफेन्स, मिडफिल्ड, फरवार्ड, सर्वाधिक गोलकर्ता, प्रशिक्षकले जनही २० हजार नगदले पुरस्कृत गरिनेछ । प्रतियोगिताको उदयीमान स्थानिय खेलाडीलाई १५ हजार नगदले पुरस्कृत गरिने आयोजक क्लबले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.